जेलमै राखिदिन बृद्धको माग

808
views

विराटनगर । कैदमुक्त भएपनि आफन्तहरु लिन नआएपछि एक बृद्ध अलपत्र परेका छन् । जर्वजस्ती करणी अभियोगमा ८ वर्ष कैद सजाय भुक्तान गरेर एकहप्ता अगाडि विराटनगर कारागारबाट कैदमुक्त भएका नरबहादुर भुजेल नाम बताउने ७३ वर्षीय बृद्ध आफन्तले वेवास्ता गर्दा अलपत्र परेका हुन् ।
मोरङको तत्कालिन हरैंचा गाविस वडा नं १ घर बताउने ७३ वर्षीय बृद्ध सुस्त मनस्थितिका छन् । आफन्त धरानमा रहेको बताउने उनी विगत एक हप्तादेखि मोरङ कारगारबाहिर आफन्त लिन आउने आसमा कुरेर बसिरहेका छनु । कैदमुक्त भएपछि आफन्तलाई खोज्दै धरान गएका थिए । तर, धरानको पहिले बसेको ठाउँमा आफन्त नभेटिएपछि उनी फर्किएर फेरि कारागारमै आएका छन् ।
कैदमुक्त भएका एक हप्ता वितिसक्दा पनि उनलाई लिन कोही आएका छैनन् । आफन्त कोही लिन नआएपछि बृद्धले आफूलाई पुन ः कारागारभित्रै राखिदिन जेल प्रशासनलाई आग्रह गर्दै आएका छन् । जेलर प्रेम प्रसाद सापकोटाले भने कैदमुक्त भइसकेका व्यक्तिलाई पुन ः कारागारमा राख्न नमिल्ने बताए । आजको नयाँपत्रिका दैनिकबाट