स्वास्थ्यः सम्भोगले बढाउँछ आयु

672
views

‘सम्भोगले बढाउँछ आयु – सम्भोगको चरम सन्तुष्टिले मानिस स्वस्थ रहन अहं भूमिका खेलेको हुन्छ । स्वस्थ सम्भोगका क्रममा शरीरले अनेक प्रकारका हर्मोन रिलिज गर्छ, जसले मानिसलाई शारीरिक, मानसिक र भावनात्मक रूपमा स्वस्थ बनाउँछ । नियमित सम्भोगले पनि मानिसलाई स्वस्थ र स्फूर्तियुक्त बनाउँछ । यस्तो छ स्वस्थ जीवनका लागि स्वस्थ सम्भोगको भूमिका ।’


आदर्श प्रधान
मनोविज्ञ, होलिस्टिक माइन्ड्स एन्ड लाइफ सेलिब्रेसन सेन्टर


सम्भोगले शरीरमा टेस्टोस्टेरोनको मात्रालाई बढाउँछ । जसले हाड, स्नायु तन्तुलाई फाइदा र्पुयाउनुका साथै शरीरमा कोलेस्ट्रोलको आपूर्ति गर्छ । यौन शोधकर्ता डा. बिभेर्लीका अनुसार सम्भोग गर्दा इन्र्डा्र्फिन्स तत्व सक्रिय हुन्छ, जसले प्राकृतिक रूपमा शरीरका दुखाइलाई निर्मूल पार्ने कामसमेत गर्छ । इन्डोर्फिन्स सक्रिय हुँदा टाउको दुख्ने, बाथ आदि रोगलाई निको बनाउँछ । नियमित सम्भोगले तनावसमेत कम गर्न भूमिका खेल्छ ।
मानिस सम्भोगको चरम अवस्थामा पुग्दा शरीरमा डिहाइड्रोइपियन ड्रोस्टेरोन नामक हर्मोन सक्रिय हुन्छ । यस्तो हर्मोन एड्रेनल ग्ल्यान्डबाट उत्पादन हुन्छ । जुन हर्मोनले रोग प्रतिरोधी क्षमता र हाडको विकासमा प्रत्यक्ष भूमिका खेल्छ । महिलाले भने सम्भोगका वेला अत्यधिक मात्रामा अक्सिटोसिन हर्मोन पैदा गर्छन् । यसले मुटुको प्रणाली, हड्डीको विकासमा प्रत्यक्ष फाइदा र्पुयाउँछ । यस्ता हर्मोनले मुटुलाई स्वस्थ बनाउनुका साथै आयुसमेत बढाउने काम गर्छ ।
पुरुष–महिला मनोविज्ञान
पुरुषको सम्भोग शैली माइक्रोवेभजस्तो हुन्छ । माइक्रोवेभ तुरुन्तै तात्ने हुन्छ । तर, महिलाको सम्भोग शैलीचाहिँ इलेक्ट्रिक ओभनजस्तो हुन्छ । इलेक्ट्रिक ओभनचाहिँ बिस्तारै तात्छ । पुरुषमा भएको टेस्टोस्टेरोन हर्मोनले जोस पैदा गर्छ । जब पुरुषको उमेर ढल्कन्छ, टेस्टोस्टेरोनको मात्रा पनि कम हुन्छ र उसमा जोस पनि कम हुँदै जान्छ । पुरुषको तुलनामा महिला बढी उमेरसम्म सम्भोगमा सक्रिय हुन सक्छन् ।
सम्भोगलाई त्यति हल्का ढंगले पनि लिनु हुँदैन । सम्भोगअघि महिला–पुरुषले एक–अर्काको मनोविज्ञानलाई बुझेर मात्र अगाडि बढ्नुपर्छ । पुरुष जब तनावमा हुन्छ त्यतिवेला सम्भोगमा उत्रन चाहन्छ । ऊ सम्भोग गरी तनाव विसर्जनको प्रयास गर्छ । महिलामा भने यसको ठीक विपरीत मानसिकता हुन्छ । उनीहरू तनाव, चिन्तामा कहिल्यै पनि सम्भोगमा सहभागी हुन चाहँदैनन् । पुरुषलाई एकै समय दुईवटा काम गर्न कठिन हुन्छ त्यसैले चरम सम्भोगका क्रममा बोल्न चाहँदैन । तर, महिला भने बोल्न चाहन्छन् ।