ईङलिश प्रिमियर लिगः उपाधि भन्दा शीर्ष चारको गज्जब प्रतिस्पर्धा

671
views

एजेन्सी १९ पुस । विश्वमै सबैभन्दा धेरै प्रतिस्पर्धी मानिएको ईङलिश प्रिमियर लिगमा गज्जबको प्रतिस्पर्धा देखिएको छ । त्यो हो पहिलो स्थान भन्दा पनि शीर्ष चारमा पर्न प्रतिस्पर्धा गरिरहेका टिमको । २२ औ चरणको खेल चलिरहँदा शीर्ष स्थानको म्यान्चेष्टर सिटीेले लिगमा १५ अंकको अग्रता लिएको छ । सिटीको कुनै नाटकीय पतन नभएको खण्डमा उपाधि जित्ने लगभग पक्का पक्की छ किनकी सिटीले निकै प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिईरहेको छ ।

उपाधिको एक्लो दाबेदार सिटी मानिएपनि अर्को सिजन च्याम्पियन्स लिगको निर्णायक मानिने शीर्ष चारमा पर्नको लागि ७ टिम बिच निकै प्रतिस्पर्धा देखिएको छ । गत सिजनको विजेता चेल्सी, म्यान्चेष्टर युनाईटड, लिभरपुल, आर्सनल, टोटेन्ह्याम, तथा यस सिजनको सरप्राईज प्याकेजको रुपमा प्रदर्शन गरिरहेको बन्र्ली विच निकै प्रतिस्पर्धा देखिएको छ । २२ खेल खेलेको सिटकिो ६२ अंक रहेको छ । यस्तै समान २२ खेल खेलेको युनाईटेडको ४७ अंक सहित दोस्रो स्थानमा छ । एक खेल कम अर्थात २१ खेल खेलेको चेल्सीको ४५ अंक छ । २२ खेल खेलको लिभरपुलको ४४ अंक रहेको छ यसै गरि समान २१ खेल खेलेका टोटेन्ह्याम र आर्सनलको क्रमशः ४० तथा ३८ अंक रहेको छ । तसर्थ यस सिजन प्रिमियर लिगमा उपाधि भिडन्त भन्दा पनि शीर्ष चारको गज्जब भिडन्त देखिएको छ ।