कथाः मुटु उपहार

1079
views

–अनिरुद्र जोशी (सुवेदी) ‘अनिल ज्वाला’
अनिलले सानु नाम गरेको केटीलाई सारै नै मन पराउथ्यो, सानु कलेज जाने चोकमा बिहानै–बेलुका सधै कुरी हेरिरहन्थ्यो ! सानुपनि मुसुक्क हाँस्दै अनिल लाई हेरेर अगाडि जान्थिन् ! परन्तु एकदिन अनिलले सानुलाई चिन्तित देख्यो, सधै मुस्कुराउने अनुहार मलिन थियो । अनिल सोध्न पुग्यो, “सानू के भयो तिमीलाई सधै चन्द्रमा झंै चम्कने तिम्रो मुहार, नशालु मुस्कान जस्ले मलाई उर्जा दिने अनुहार, आज किन ग्रहण लागेको छ’ ?
यो सुनेर सानुले भनिन ‘मलाई एउटा न्यू फेसन ड्रेस सारै मनपरेको छ तर घरकाले महङ्गो भयो भनेर किनिदिन नसक्ने भए’ यो सुनेर अनिलले भन्यो ‘कुन पसलमा हो मलाई देखाउ न ? सानु र अनिल सँगसगै पसलतिर लाग्यौं । साच्चै ड्रेस अति नै सुन्दर रहेछ ! साथै मुल्य पनि महङ्गो, सानु अनिल सँग बिदा भएर कलेज तिर लागिन् !

अनिल आफुले लगाएको गलाको चेन बिक्री गरेर सानुको लागि तो ड्रेस लियो ! भोलिपल्ट बिहानै सानु आउने चोकमा गएर प्रतिक्षा गर्न लाग्यो । केही समयको प्रतिज्ञापछि सानु पनि आइ पुगिन्, अनिलले सानुलाई फेसन ड्रेस उपहार दियो सानु सारै खुशी भइन् यसरी दुबैमा माया–प्रेम बढ्न् थाल्यो ! भेटघाट बढन् थालेसँगैसँगै बाँच्ने, सगै मर्ने कसम पनि खाए, समयको चक्रपनि निरन्तर अगाडि बढ्दै गयो !
एकदिन अचानक सानुले भनिन् ‘अनिल हामी भोलिबाट कहिले पनि हाम्रो भेट हुदैन, म तिमीसँग अन्तिम पल्ट भेटन आएकी हँु, मेरो घरपरिवारले मेरो बिबाह एउटा धनी केटासग गरिदिने निर्णय गरेका छन्, मर्लाइ पनि धनीमान्छेसँग बिबाहपछि मोटर, काठमाण्डौमा ठूलो घर, नोकर–चाकर, सुन–गहना सबै पर्याप्त हुन्छन्, तिमीसँग एउटा सानो जागिर र यो साइकल बाहेक के छ र ? मलाइ कसरी पाल्छौ ?
अनिल यो सुनेर उसलाई रिंगटा आउला जस्तो भयो, उसको सन्सार नै सकियो, सबैतिर अँध्यारो भयो, उभिनै गाह्रो भयो थ्याच्च जमिनमा पछारियो र भन्यो ‘सानु म गरिब अवश्य छु । परन्तुः जुन कुरा म तिमीलाई दिन सक्छु । त्यो संसारको कुनै धनवान व्यक्तिले दिन सक्दैन ।’ परन्तुः सानुमा यस्ता कुराको कुनै प्रभाव पर्ने अवस्था थिएन् उनी धनी व्यक्तिसँग बिबाहपछिको सुख बिलासको सपनीमा रमाउँदै थिइन् र अनिललाई त्यही जमिनमा पछारिएको अवस्थामा छोडेर उनी घर तिर लागिन् ।
केही दिनपछि उनि उसै धनी व्यक्तिसँग बिबाह गरेर आफ्नै संसारतिर लागिन् । यता अनिल जिउँदो लास जस्तै घर्सीरहेको थियो । समय आफ्नै गतिमा गतिशील थियो । केही बर्षपछि अचानक अनिलले सुन्छ सानु बिरामी छिन्, अस्पताल आइसियूमा छिन्, अनिल हतार–हतारमा सोधखोज गर्छ के भ ाको हो सानुलाई ?
उनको बुबाले भन्छन्, ’बाबु सानुको मुटुमा ठुलो प्वाल रहेछ डाक्टरले मुटु नै फेर्न पर्ने अवथा भएकोले बचाउन नसक्ने कुरा गर्छन् । उनी अचेत अवस्थामा आइसियुमा छन । अब मुटु म कहाँबाट ल्याँऊ ?
अनिलले अस्पतालको काँचको सिसाबाट सानुलाई हेर्छ र आफ्नो मुटु सानूलाई दिने निर्णय गर्छ, अर्कोदिन सानुको अपरेशन सुरु हुन्छ । दुबैलाइ अपरेशन कोठामा लगिन्छ, आँखा बन्द हुने समय सम्म अनिलले सानुलाई नै हेरिरहेको थियो, अपरेसनको अर्को दिन सानुलाई होस आयो उसका आँखा खुल्छन् । उनीलाई बिस्वाश नै लाग्दैन कि म जीवित छु भनेर, उनले यताउता हेर्छिन । आफ्नो परिवारलाइ आफ्नो वेडको वारिपरि खुशी मुद्रामा देख्दा बल्ल बिश्वास गर्छिन आफूले पूनर्जीवन पाएको र आफ्नु बुबासँग सोधछिन् म कसरी बाचे ? कस्ले दियो मलाइ मुटु ? यो सुनेर बुबाले गोजिबाट पत्र निकालेर सानुको हातमा राखी दिनुहुन्छ, जुन पत्र अपरेशन रुममा जानुभन्दा पहिला अनिल ले लेखेको थियो ।
मैले तिमीलाइ जुन कुरा दिन सक्छु संसारको कुनै धनाढ्यले दिनसक्दैन ।
‘अनिल’
यता सानु आफ्नो परिवारसँग पूनः जीवन पाएकोमा खुशी साटासाट गर्दै थिइन् । उता शव गृहमा अनिलको लास लडेको थियो, अनिल अनाथ भएकोले दाहसंस्कारको लागि अस्पताल प्रसाशन नगरपालिकासँग हारगुहार गर्दै थियो ।

हाल इजरायल