‘पार्टी पराजयको म नैतिक जिम्मेवारी लिन्छु’–थापा

578
views

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्वाचनमा भएको पराजयको जिम्मेवारी लिएका छन् । बानेश्वर स्थित अनमोल क्याटरिङ्गमा बुधबारदेखि बसेको केन्द्रीय कार्यसमितिको बैठकमा थापाले निर्वाचनमा भएको पराजयको नैतिक जिम्मेवारी लिएका हुन् ।

बैठकमा अध्यक्ष थापाले भने, ’पार्टीको पराजयमा म नैतिक जिम्मेवारी लिन्छु ।’ अध्यक्ष थापाले राजनीतिक प्रतिवेदन पेश गर्दै पार्टीको कार्यनीतिमा भएको कमजोरीका कारण हार बेहोर्नु परेको हो ।’

सो पार्टी हिन्दु राज्य र राजतन्त्रको मुद्दाका कारण २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा समानुपातिकबाट २५ सिट जितेर चौथो शक्तिको रुपमा स्थापित भएको थिया े। तर गत मंसिर १० र २१ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा राप्रपा राष्ट्रिय पार्टी पनि बन्न सकेन ।

राप्रपाले प्रतिनिधिसभा प्रत्यक्षतर्फ १ सिट मात्र जितेको छ भने समानुपातिकतर्फ प्रदेश सभामा ३ सिट जितेको छ । बैठक तीन दिनसम्म सञ्चालन हुनेछ ।