नेपालसँग अमेरिकाको व्यापार बढाएर लाभ लिन आग्रह

1334
views

काठमाण्डौ, ९, बैशाख । अमेरिकाले नेपाल सरकार र नेपाली व्यासायिसँग व्यापार बढाएर लाभ लिन आग्रह गरेको छ । अमेरिकाले भन्सार छुट दिएका बस्तुको व्यापार बढाउन र लाभ लिन नेपालसँग आग्रह गरेको हो । नेपालस्थित अमेरिकी दुतावासले काठमाण्डौँमा एक कार्यक्रम गरी अमेरिकी सरकारले नेपालले उत्पादन गरेका गलैंचा, झोला, सिरपोस, सल, स्कार्फ, छाला तथा भ्रमण सामग्रीमा छुट दिने व्यवस्था सहितको कार्यक्रम तय गरेको छ ।
कार्यक्रममा बोल्दै नेपालका लागि अमेरिकी राजदुत अलाईना बी टेपजिलले भन्सार छुट दिने बस्तुहरुको निर्यात बढाएर लाभ लिन नेपाल सरकार र व्यवसायीहलाई आग्रह गर्नुभएको छ । नेपाल र अमेरिकाबीच आर्थिक सम्बन्धको मजबुत बाटो भएको त्यसलाई भरपूर उपयोग गर्नुपर्नेमा पनि जोड दिनुभयो । यस्तै वाणिज्य मन्त्री रोमी गौचन थकालीले अमेरिकाले उपलब्ध गराएको भन्सार छुट सहितको व्यवस्थाबाट नेपाली व्यवसायी र सरकार उत्साही भएको बताए । नेपाल उद्य्रोग वाणिज्य महासंघकी अध्यक्ष भवाणी राणाले बस्तु निर्यातका लागि अमेरिकाले दिएको भन्सार छुटबाट नेपाल उत्साहीत भएको बताउनुभयो । नेपालबाट धेरैजसो गलैंचा, पश्मिना सल लगायतका उत्पादन सामग्रीहरु अमेरिकी बजारमा जाने गरेको वाणिज्य मन्त्रालयले जनाएको छ ।