पूर्व प्रशिक्षक थापाले गरे एन्फा अध्यक्षमा उम्मेदवारी दिने घोषणा

701
views

काठमाण्डौ, २० पुस । राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक कृष्ण थापाले अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
तीन महिनापछि हुने एन्फाको निर्वाचनका लागि थापाले पोखराबाट उम्मेदवारीको घोषणा गरेका हुन् ।
सन् १९८४ मा काठमाडौंमा भएको पहिलो दक्षिण एसियाली खेलकुदको स्वर्ण पदक विजेता फुटबल टोलीका सदस्य समेत रहेका थापाले फुटबल विकासका लागि सातवटै प्रदेशमा फुटवल एकेडेमी आवश्यक रहेको बताएका छन् ।
अहिल एन्फाको जिल्ला संघहरुको निर्वाचन चलिरहेको छ । १७ सदस्यीय कार्यसमितिका लागि चैत १४ गते एन्फाको निर्वाचन हुँदैछ ।