सुर्खेत प्रहरीले गर्यो अबैध काठ बरामद

766
views

सुर्खेत, २० पुस । जिल्ला प्रहरी कार्यालय सुर्खेतले अबैध रुपमा ल्याउँदै गरेको १७ गोलिया अवैध काठ बरामद गरेको छ । प्रहरीले सुर्खेत कुनाथरी बड्डीचौरबाट बराहताल गाउँपालिका –५ का ३५ बर्षिय राम प्रसाद पौडेलले चलाई ल्याएको ना.४ ख.४३०२ नं.को ट्रक जिल्ला सुर्खेत विरेन्द्रनगर नगरपालिका–१ स्थित प्रहरी चौकी बाङ्गेसिमले बरामद गरेको हो ।

प्रहरीले ट्रक चालक राम प्रसाद पौडेललाई सोधपुछ गर्दा निजले उक्त ट्रक आफ्नै स्वामित्वमा संचालित रहेको र सो काठ निजले सहयोगी वडा नं।१० बस्ने ३० वर्षका लोक बहादुर सुनारको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरिक्षक उमा चतुर्वेदीले बताए ।

प्रहरीले अवैध काठ ओसारपसारमा ट्रक चलाक राम प्रसाद पौडेल संलग्न रमेश सुनार, सन्तोष कार्की र लोक बहादुर सुनार समेतलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

उनीहरुले १२३।२५ क्युफिट परिमाणको १७ गोलिया बिना चिरान भएको साल जातको काठ अवैध रुपमा ल्याएका र्थिए । उनीहरुलाई बरामद सालको काठ र र ना.४ ख.४३०२ नं.को ट्रक सहित आवश्यक कारवाहीको लागि जिल्ला बन कार्यालय सुर्खेतमा पठाईएको चर्तुवेदीले जनाए ।