सार्वजनिक यातायातको भाडादर समायोजन

770
views

बेनी, २२ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका कार्यालयको पहलमा गाउँपालिका अन्र्तगत विभिन्न ठाउँमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर समायोजन भएको छ ।

यातयात व्यवसायीले चर्को भाडा असुल गर्दै आएको गुनासो बढेपछि गाउँपालिका कार्यालय र म्याग्दी जिप तथा बस सञ्चालक समिति बिच छलफल गरि भाडादर समायोजन गरिएको हो । यातायात व्यवसायी समितिसंगको छलफलबाट गाउँपालिका कार्यपालिकाको बैठकले सदरमुकाम बेनीदेखि सवारी साधन सञ्चालन हुँदै आएको गाउँपालिकाको हरेक ठाउँको लागि उचित भाडादर तय गरेको गाउँपालिका अध्यक्ष भब बहादुर भण्डारीले बताउनुभयो ।

कार्यपालिकाको बैठकबाट भएको भाडादरको निर्णय अटेर गरि चर्को भाडा असुली गर्ने सवारी चालकलाई सम्बन्धित निकायसंग समन्वय गरि कारबाहि गरिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अन्र्तगत राखु क्षेत्रमा मनपरि चर्को भाडा असुलि भएको भन्दै वडा नम्बर ३ पिप्लेमा रहेको क्रियटिभ युथ ग्रुपले दुई साता अघि गाउँपालिका र प्रशासनको ध्यानकर्षण गराउँदै ज्ञापन पत्र बुझाएको थियो ।

गाउँपालिका र म्याग्दी जिप तथा बस सञ्चालक समिति बिच भएको छलफलबाट बेनीदेखि पिप्लेको बगैचासम्म रु १००, पिप्लेको धरमपानी चोकसम्म रु. १५०, दुलेपानी र रिसेनचौतारीको लागि रु १७५, रानीपौवासम्म रु १५० भाडादर कायम गरिएको छ । त्यसैगरि बेनीदेखि मौवाफाँटसम्म रु १७०, कलेजबाङको लागि रु २३०, अक्षताको लागि रु २१०, मैदानसम्म रु २००, थापाटोलको लागि रु २२०, साझापानीसम्म रु २३०, पञ्चासे र बेगको लागि रु २७५, सिमसम्म रु ३००, सिरुवारीको लागि रु ३२० भाडादर तोकिएको छ ।

त्यसैगरि बेनीदेखि दग्नाम सम्म रु २५०, झिँसम्म रु २१५, घाङ्ग्रीसम्मको रु २४०, पाखापानीको लागि रु ३००, तिप्ल्याङको लागि रु १३५, बाँदुकको लागि रु २२५, ठाडाखानीसम्म रु ५००, चिमखोलाको लागि रु ८५०, र घ्यासीखर्कको लागि रु ९५० भाडादर कायम गरिएको गाउँपालिका कार्यालयले जनाएको छ ।