काम कुरो एकातिर राजधानी तोक्ने ठिमीतिर !

भोट मग्दा गरेको प्रतिवद्धता पुरा गराउन काभ्रेवासी आन्दोलित

971
views

काभ्रे, २२ पुस । प्रदेश नं ३ राजधानी काभ्रेलाई तोकिनुपर्ने माग राख्दै काभ्रेबासी दवाव स्वरुप सडकमा उत्रेका छन् । जिल्लाबाट निर्वा्चित सांसद, स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, काभ्रे उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, नागारिक समाज लगायत सर्वसाधारण सडकमा उत्रेका हुन् ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा काभ्रेलाई ३ नम्बर प्रदेशको राजधानी बनाउने आम जनतालाई वचन दिएपनि अहिले सरकारले ३ नम्बर प्रदेशको अस्थायी राजधानी भक्तपुरको ठिमी तोकेपछि काभेवासीहरुले आन्दोलन शुरु गरेका हुन् ।

सरकारले हतार(हतार प्रदेशको अस्थायी राजधानी तोक्ने तयारी गरेको सन्दर्भमा बैज्ञानिक, व्यवहारिक र भौतिक संरचनाको दृष्टिले काभ्रे प्रदेशको राजधानी उपयुक्त हुने दाबी गर्दै दवाव अभियान थालेको प्रतिनिधि सभा–२ का निर्वाचित सांसद गोकुलप्रसाद बाँस्कोटाको भनाई छ ।

यसअघि क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डेको संयोजकत्वमा गठन भएको सिफारिस समितिमा, काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी, सम्बन्धित कार्यालयका प्रमुख, शहरी विकास डिभिजन कार्यालयका प्रमुखलगायतको टोलीले अनुगमन गरी बनेपा नजिकै रहेको आइटी पार्क, शैक्षिक तालिम केन्द्र र नापी तालिम केन्द्रलाई सिफारिस गरि पठाएको थियो ।