एकिकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गरौं–विप्लव

नेकपा पर्वतले थाल्यो जिल्ला सम्मेलनको तयारी

923
views

पर्वत, २३ पुस । नेपाल कम्युनिष्ट पार्टी पर्वतले राष्ट्रिय युवा जनस्वयं सेवकको जिल्ला सम्मेलनको लागि आयोजक समिति गठन गरेको छ । बाबुराम क्षेत्रीको संयोजक्त्वमा सात सदस्यिय आयोजक समिति गठन गरेको सो पार्टीका जिल्ला सेक्रेटरी भिम बहादुर हमाल ‘अल्बर्ट; जानकारी दिनुभयो ।

यहि फागुन महिनाको अन्तिमसम्म जिल्ला सम्मेलनको तयारीका लागि सो पार्टीका केन्द्रिय सदस्य धु्रव घिमिरे ‘विप्लव’को उपस्थितिमा आयोजक समिति निर्माण गरिएको थियो ।

घिमिरेले सो अवसरमा सहभागी युवाहरुलाई राजनीतिक एवं वैचारीक प्रशिक्षण दिनुभएको थियो । घिमिरेले मुलुकको परिवर्तनका लागि आम युवाहरु गोबन्द हुनुपर्ने भन्दै बाम गगठबन्धनको नाममा जनयुद्व गरेर आएका प्रचण्डले जनता भ्रम पार्ने काम गरेको बताउनु भयो ।

उहाँले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिक्रान्तिलाई पूर्णता दिदैं प्रदेश र केन्द्रको चुनाव गराएकोमा आपत्ति जनाउनुभयो । घिमिरेले नेकपाले वैज्ञानि समाजवादी क्रान्ति सम्पन्न गर्न पून संगठित गर्दै अगाडी बढेकोले आम युवाहरुलाई क्रान्तिको पक्षमा लाग्न आव्हन गर्नुभयो ।

घिमिरेले एकिकृत जनवादी क्रान्ति मार्फत नेपाल कम्युनिष्ट पार्टीले चुनाव खारेजीको अभियान सफल बनाउन युवाहरुले महत्वपूर्ण भमिका निर्वाह गरेकोले आम युवाहरुलाई थप उर्जा प्रवाह गर्नुभयो ।