मिस गोरखाः पहाडका सुन्दरी

1067
views

हिमाली जिल्लामा सूचीकृत गोरखामा पहिलो पटक ‘मिस गोरखा २०१७’ आयोजना भइरहेको छ । २० जना युवतीहरु सहभागी रहेको मिस गोरखाको ग्रयाण्डफिनाले पुस २७ गते गोरखकाली चलचित्र मन्दिरमा हुनेछ ।

आइतबार होटल प्यालेसमा उत्कृष्ट २० जनाको प्रस्तुती प्रदर्शन गरिएको थियो । प्रतियोगीले नृत्य, अभिनय तथा चित्रकला प्रस्तुत गरी उपस्थित दर्शकलाई आफ्नो कला देखाए । सौदर्य कला व्यवसायी संघ गोरखाले मिस गोरखा आयोजना गरेको हो ।

२० जना प्रतियोगीमध्येबाट उत्कृष्ट ‘ब्युटी एण्ड बे्रन’ मिस गोरखा हुनेछन् । दर्शकले भोट दिन पाउने छैनन् । सुन्दरी, बिभिन्न विधामा उत्कृष्ट हुनेलाई मिस गोरखा घोषणा गरिनेछ ।