प्रदेशको राजधानी तोकेर अगाडी बढ्न राष्ट्रपतिको सुझाव

649
views

काठमाण्डौ, २४, पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेशहरूको अस्थायी राजधानी तोकेर अगाडि बढ्न सरकारलाई सुझाव दिनुभएको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटमा राष्ट्रपति भण्डारीले प्रदेशहरूको अस्थायी राजधानी तोक्न सुझाव दिनुभएको हो ।

राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार राष्ट्रपतिले प्रदेशहरुको अस्थाई राजधानी तोकेर राजनीतिक गतयारोध अगाडी बढाउन आग्रह गर्नुभएको हो ।’

भेटमा प्रदेश प्रमुखको नियुक्ति र माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनको विषयमा पनि छलफल भएको अधिकारीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवा प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकामको सम्बन्धमा जानकारी गराउन राष्ट्रपति भवन शीतलनिवास पुग्नुभएको थियो । यता सरकारले भने काठमाडौंमा नै बोलाएर प्रदेशसभा सदस्यको सपथग्रहण गर्ने तयारी गरिरहेको छ ।