एमाले–माओवादी केन्द्रको कार्यदललाई ओली-प्रचण्डको संयुक्त निर्देशन

619
views

काठमाण्डौ, २६ पुस । एकता संयोजन समितिले मंगलबार गठन गरेको कार्यदललाई एमाले अध्यक्ष केपी शर्मा ओली तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्देशन दिइरहेका छन् ।

बालकोटस्थित ओली निवासमा हिजो बसेको एकता संयोजन समितिको बैठकले राष्ट्रिय सभा, प्रदेश सभा र प्रदेश सरकार गठनका लागि कार्यदल गठन गरेको थियो ।

कार्यदललमा एमालेको तर्फबाट सुवासचन्द्र नेम्वांग, शंकर पोख्रेल, सुरेन्द्र पाण्डे छन् भने माओवादी केन्द्रबाट रामबहादुर थापा ‘बादल’,बर्षमान पुन र मातृका यादव सदस्य छन् । स्वास्थ्य परीक्षणका लागि आज एमाले अध्यक्ष ओली ब्याङ्ककतर्फ प्रस्थान गर्दैछ