सडक अवरोध गर्ने १६ ट्याक्सीचालक पक्राउ

558
views

कास्की । मनपरी भाडा असुल्ने मिटर नचलाउने १८ ट्याक्सी चालकलाई पक्राउ गरेको विरोधमा चालकहरुले गरेको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । ट्याक्सी तेस्र्याएर सडक अवरोध गर्ने १६ चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

ट्याक्सी चालक पक्राउको विरोधमा ट्याक्सी व्यावसायि र चालकले पोखरा मुख्य चोकमा सडकमै ट्याक्सी तेस्र्याएरका थिए । पृथ्वीचोक, सिर्जनाचोक, सभागृह चोक, बीपिचोक र चिप्लेढुंगामा चालकहरुले सडक अवरुद्ध गरेका थिए । प्रहरीले बुधबार साँझ आन्दोलनमा हस्तक्षेप गरी सडक खुलाउने क्रममा १६ जनालाई पक्राउ गरेको हो ।

ट्याक्सी व्यावसायि र चालकको आन्दोलनका कारण बुधबार दिनभर पोखराको यातायात अस्तव्यत बनेको थियो । प्रहरीले पक्राउ गरेका चालकहरुलाई नछोडेसम्म् आन्दोलन जारी राख्ने बताएका थिए । प्रहरीले सडकमा तेस्साएको ट्याक्सी हातैले उचालेर किनारा लगाएका थिए । आजको नयाँ पत्रिका दैनिकबाट