साइबर अपराध र कानुनी प्रावधान ?

927
views

काठमाडौं । कम्युटर, विद्युतीय उपकरण तथा यसको नेटवर्कका माध्यमबाट हुने कुनैपनि प्रकारका अपराधिक कार्य साइबर अपराध हुन् । इन्टरनेटको प्रयोगमार्फत गरिने चरित्र हत्या, हिंसा फैलाउने कार्य, इन्टरनेट फ्रड, अर्काको पहिचान अनधिकृत रुपमा प्रयोग, क्रेडित कार्ड तथा एकान्ट आदिको चोरी गरी गरिने बैंकिङ कसुर, अर्काको कम्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा पुर्याउने क्षति लगायत अवैधानिक कार्य यसमा पर्छन । इन्टरनेटका माध्यमबाट अज्ञात व्याक्ति तथा समुहले इमेलमार्फत धम्की दिने, अश्लील मानसिक यातना दिइनु साईबर अपराध हो ।
कानुनी प्रावधान
साइबर अपराध नियन्त्रणकालागि विद्युतीय कारोबार ऐन, २०६३ प्रयोगमा रहेको छ । विद्युतीय साधनको प्रयोग भई हुने कुनै पनि किसिमका आपराधिक कार्य यसमा समेटिन्छन । मोबाइल , इन्टरनेट, कम्युटर, फ्याक्स मेसिन लगायतको प्रयोगमार्फत हुने विभिन्न अपराधिक क्रियाकलाप यसका उढाहरण हुन । सफ्टवेयर लगायतको पाइरेसी पनि यसमा पर्दछन । आजको गोरखापत्र दैनिकबाट