कुवेतमा ज्यान गुमाएका १५ नेपालीलाई क्षतिपूर्ति

815
views

काठमाडौं । सन् २०१७ मा कुवेतमा ज्यान गुमाएका १५ जना नेपाली कामदारका परिवारलाई कुवेतस्थित नेपाली दुतावासले सवा पाँच करोड रुपैयाँ नेपाल पठाएको छ । दुतावासले मृतक नेपालीका आफन्तलाई क्षतिपूर्ति वापतको रकम नेपाल पठाएको हो ।

कुवेतस्थित नेपाली दुतावासले पाँच करोड २६ लाख ४३ हजार ९८३ रुपैयाँ ९१ पैसा नेपाल पठाएको जनाएको छ । कुवेतमा मृत्यु भई क्षतिपूर्ति लिन बाँकी रहेका नेपाली नागरिकहरुको बिमा रकम र सम्बन्धीत कम्पनीबाट प्राप्त सहयोग रकम परराष्ट्र मन्त्रालयमा पठाएको दुतावासले जनाएको छ ।

सन् २०१७ मा मृत्यु भएका १५ नेपाली कामदारले पाउने क्षतिपूर्ति बापतको रकम नेपाल पठाएको हो । यी १५ जना नेपालीका आफन्तले दुई सय कुवेती दिनारभन्दा बढी राहत पाउनेछन । सबै भन्दा बढी पाल्पाका विष्णुबहादुर मस्र्याङ्दीका आफन्तले ३९ हजार ३५४ कुवेती दिनार राहत पाउनेछन । आजको राजधानी दैनिकबाट