दयाहाङ र प्रियंका बिच रोचक लडाई ! कसले मार्ला बाजी ?

628
views

एजेन्सी । चलचित्र नगरीमा चर्चित जोडीको रूपमा अभिनेता दयाहाङ राई र अभिनेत्री प्रियंका कार्की नाम अगाडी आउँने गर्दछ । आजबाट यी चर्चित जोडीको छुट्टा छुट्टै चलचित्र प्रदर्शनमा आएका छन् । जसमा रामबाबु गुरुङ निर्दे्शित चलचित्र ‘मिस्टर झोले’ र ओम प्रतिक गुरुङ निर्देशित चलचित्र ‘बटरफ्लाई’ रहेको छ । चलचित्र मिस्टर झोले दयाहाङ राई, दिया पुन, बुद्धि तामाङ, विजय बराल, प्रविन खतिवडा, अरुणा कार्की लगायतको मुख्य भूमिका छ । चलचित्रमा रामबाबुको कथा लेखन रहेको छ भने निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा र सुजेन कार्कीको सङ्गीत, शैलेन्द्र डी कार्कीको छायाङ्कन र विक्रम स्वरको कोरियोग्राफी रहेको छ ।

त्यस्तै आजबाटै प्रदर्शनमा आएको चलचित्र ‘बटरफ्लाई’मा अभिनेत्री प्रियंका कार्की, आर्यन अधिकारी, रविन्द्र खड्का, अर्पण थापा, पुराण थापा, सुष्मा कार्की लगायतका कलाकारको अभिनय रहेको छ । रमेश प्रजापति कार्यकारी निर्माताको रूपमा रहेको चलचित्रमा पुष्पाञ्जली अधिकारी, रामशरण राना र भुपेन्द्र सुवेदी निर्माताको रूपमा रहेका छन् ।