बैंकहरु गर्छन अनुत्पादक क्षेत्रमा लगानी

778
views

काठमाण्डौ, १ माघ । नेपाल राष्ट्र बैंकले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन बैंकहरुलाई बारम्बार निर्देशन दिने गरेतापनी बैंकहरु उदाशिन देखिएका हुन् । गत असारदेखि पुस १५ गतेसम्म वाणिज्य बैंकहरूले १ खर्ब ६० अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् । राष्ट्र बैंकका अनुशार त्यसको करिब ४० प्रतिशत अनुत्पादक क्षेत्रमा गरेको लगानी गरेको पाइन्छ ।

बैंकहरुले ओभर ड्राफ्ट, रियल इस्टेट, हायर पर्चेज र मार्जिन प्रकृतिको क्षेत्रमा लगानी गरेको राष्ट्र बैंक स्रोत बताउँछन्  । उक्त अवधिमा १ खर्ब ६ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । पछिल्ला वर्षहरूमा ओभरड्राफ्ट शीर्षकमा गएको कर्जा पनि घरजग्गामा लगानी भएको थुप्रै उदाहरणहरू रहेको जनाउँदै राष्ट्र बैंकका एक अधिकारीले भने बैंकहरूको कर्जा विस्तारको प्रकृति हेर्दा ओभरड्राफ्टमा गएको कर्जा पनि घरजग्गामा लगानी भएको सहजै अनुमान लगाउन सकिन्छ ।

करिब ६ महिनामा निक्षेपभन्दा ५४ अर्ब रुपैयाँ बढी कर्जा प्रवाह भएकाले बैंकहरूको सीसीडीमा दबाब परेको ती अधिकारीले बताए । बैंकहरूले अनुत्पादक क्षेत्रमा कर्जा विस्तार गरे पनि औसतमा क्षेत्रगत कर्जाको निर्दे्शित सीमा नाघि नसकेको राष्ट्र बैंक स्रोत बताउछ ।

अनुत्पादक क्षेत्रमा लगानी बढेको भन्दै नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत कर्जा प्रवाहमा कडाइ गरेपनि बैंकहरुले आफ्नो मनपरीलाई छाडेका छैनन् । राष्ट्र बैंक समेत नीति कार्यान्वयनमा उदाशिन देखिनु दुखद रहेको जानकारहरु बताउछन् ।