सिलवाल नेपालमै रहेको निष्कर्ष, कहाँ होलान् त सिलवाल ?

408
views

काठमाण्डौ, १ माघ । प्रहरीको फरार सूचीमा रहेका सांसद नवराज सिलवाल नेपालमै रहेको प्रहरीले निष्कर्ष निकालेको छ । प्रहरीले पक्राउ पूर्जी काटेपछि गायब सिलवाल मलेसिया पुगेको बताइएको थियो ।

संचारमाध्यमहरुलाई परिवारमार्फत सिलवालले आफू फरार नभएको र पूर्वनिर्धारीत कार्यक्रमको लागि मलेसियामा रहेको भन्दै अनुसन्धानमा सघाउने बताएका थिए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बैंकक गएपछि त्यहाँ भेट भएको समाचार पनि सिलवाल स्रोतबाटै आएको थियो । त्यसअघि उनी मलेसियाबाट अमेरिका उडेको बताइएको थियो ।

प्रहरी उच्च स्रोतका अनुसार सिलवाल विदेश नगएको निष्कर्ष निकालेको बताइएको छ । सिलवालले मलेसिया पुगेको भनेर नाम लिएको एयरलाइन्स उक्त दिन उडान नभरेको र कार्यक्रम भनिएको स्थानमा कुनै कार्यक्रम नभएको प्रहरी अनुसन्धानले पत्ता लगाएको छ ।

कहाँ हुन सक्छन् सिलवाल ?

प्रहरीले सिलवाल नेपालमै रहेको भन्दै खोजी कार्यलाई तीब्र पारेको छ । सिलवाल काठमाडौंमा लुकेर बसेको हुन सक्ने प्रहरीको अनुमान हुन सक्छ । त्यसको लागि पहिलो सेल्टर नेकपा एमालेका शिर्ष नेताहरुको निवास, दोस्रो काठमाडौं छेउछाउका होटल तथा रिसोर्ट र तेस्रोमा माओवादी केन्द्रका नेताहरुको निवासमा लुकेर बसेको हुन सक्ने प्रहरीको आशंका छ ।

त्यसैगरी पूर्वप्रधानन्यायाधीश र प्रहरी अधिकारीको घरमा पनि लुकेर बसेको हुन् सक्ने प्रहरीको आशंका गरेको छ । सिलवाललाई प्रहरी प्रमुख बनाउन ज्यान फालेर लागेकी पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले पनि सिलवाललाई लुकाएर राखेको हुन सक्ने प्रहरी अधिकारीहरुले आशंका गरेको बताइएको छ ।