म्यान्चेस्टर युनाईटेडले स्टोक सिटीलाई हरायो

396
views

माघ २ गते । इङ्गलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले स्टोक सिटीलाई ३÷० ले हराएको छ । आफ्नै मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन एन्टोनियो भ्यालेन्सीया, रोमेलु लुकाकु र एन्टोनियो मार्टियलले एक–एक गोल गरे ।

जितसँगै म्यान्चेस्टर युनाईटेडले शीर्ष स्थानको म्यान्चेस्टर सिटीसँगको अंक दुरीलाई १२ अंकमा झारेको छ । २३ खेलबाट म्यान सिटीको ६२ अंक भएको छ भने म्यान्चेस्टर युनाईटेडको ५० अंक भएको छ । ४७ र ४७ अंक जोडेका लिभरपूल र चेल्सी क्रमशः तेस्रो तथा चौथो स्थानमा रहेका छन् ।