रोहिंग्यालाई घर फर्काउन म्यानमार र बंगलादेश सहमत

621
views

माघ २ गते । सैन्य दमनपछि विस्थापित रोहिंग्याहरुलाई दुई बर्षभित्र देश फर्काइसक्ने म्यानमार र बंगलादेशबीच सहमति भएको छ ।

यो प्रक्रिया ‘दुई बर्षभित्रै टुंगिने’ सहमति भएको बंगलादेश सरकारले जनाएको हो । अक्टोबर २०१६ पछि देश छोडेका रोहिंग्याहरुलाई फर्काउने सहमति भएको हो तर यो सहमतिभित्र त्यसअघि नै बंगलादेशमा बसिरहेका करिब दुई लाख रोहिंग्याहरु भने पर्ने छैनन् ।

रोहिंग्याहरुलाई घर फर्काउने विषयमा म्यानमारको सरकार र नेतृ आङ सान सुकीमाथि चर्को दबाब परिरहेको छ। एजेन्सी