अर्नाको आक्रमणबाट बालिकाको मृत्यु

628
views

सुनसरी, २ माघ । सुनसरीको कोशी गाउँपालिका–४ जुद्धगञ्जका मजेबुल मियाँकी १३ वर्षीया छोरी सजनम खातुनको अर्नाको आक्रमणबाट मृत्यु भएको छ ।

खातुन घरबाट कोशी कटानतर्फ जाँदै गरेको अवस्थामा कोशी टप्पु वन्यजन्तु आरक्षणमा अर्नाले आक्रमण गरेको थियो । अर्नाको आक्रमणकबाट उनको मृत्यु भएको स्थानीयवासी जुद्धिन मन्सुरीले बताए ।

अर्नाको आक्रमणबाट स्थानीयवासी जमिलको छोरा जावेद आलम भने गम्भीर घाइते भएको र उनको उपचार जिल्ला अस्पताल इनरुवामा भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । बालिकाको शव परीक्षणका लागि सुनसरी जिल्ला अस्पताल इनरुवामा राखिएको छ ।