प्रदेश राजधानी विरोधः वीरगन्ज बन्द, बारामा प्रदर्शन

456
views

वीरगञ्ज, ४, माघ । सरकारले प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुर तोकेको निर्णयको विरोधमा वीरगन्ज बन्द गर्नुका साथै प्रर्दशनमा उत्रिएका छन् ।

वीरगन्जलाई राजधानी बनाउन माग गर्दै तीन सातादेखि निरन्तर आन्दोलनमा उत्रिएको वीरगन्ज राजधानी संघर्ष समितिले बिहीबार वीरगन्ज बन्द गराएको हो । बन्दका कारण पसल तथा लामो तथा तथा छोटो दूरीका सार्वजनिक सवारी साधनका साथै टयाम्पु , इ रिक्सा तथा निजी साना चार पाङग्रे गाडी समेत सञ्चालनमा आउन सकेका छैनन् ।

प्रर्दशनकारीले तोडफोड समेत गरेका छन् । प्रर्दशनकारीले वीरगन्ज महानगरपालिकाको कार्यालयमा ढुङगा प्रहार गर्दा कार्यालयका सीसा फुटेका छन् । वीरगन्जलाई राजधानी बनाउन माग राख्दै पुष २१ गतेदेखि घण्टारघरमा हुँदै आएको रिले अनसन बिहीबार १४ औं दिन पनि जारी छ ।

सरकारको निर्णय जनविरोधी रहेकाले तत्काल उक्त निर्णय सच्याएर वीरगन्जलाई राजधानी घोषणा नगरेसम्म आन्दोलन जारी नै रहने संघर्ष समितिका सहसंयोजक एंव पूर्वसांसद राजकुमार गुप्ताले बताए । स्थानीयले बिहीबार बिहान देखि सडकमा टायर बालेर प्रदर्शन गरेका छन् ।

विरोधको संघीय समाजवादी फोरम नेपाल पर्साले वीरगन्ज बन्दको कुनै अर्थ नरहेको बताएको छ । सरकारले अस्थायी मुकाम जनकपुर तोकेपछि बुधबार साँझ वीरगन्जमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेर विरोध प्रर्दशन गरेपनि बिहीबार वीरगन्जमा गरिएको बन्द हडतालको पक्षमा फोरम नेपाल नरहेको फोरम नेपाल पर्साका कार्यवाहक अध्यक्ष सुन्दर कुर्मीले बताए ।