वैद्य नेतृत्वको माओवादी जनकारवाहीको तयारीमा

घुसखोरी र भ्रष्टाचारी पहिलो निशानीमा

789
views

बुटवल, ४ माघ । नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी)का नेताहरुले घुसखोरी र भ्रष्टचारीलाई जनकारवाही गर्ने बताउनु भएको छ । पार्टीका पोलिटव्यूरो सदस्यद्वय प्रेम सुवेदी र केबी गुरुङले जिल्लाका पार्टी नेता कार्यकर्ताहरुलाई प्रशिक्षण दिने क्रममा यस्तो बताउनु भएको हो ।

क्रान्तिकारी माओवादी,रुपन्देहीको सचिवालयको विस्तारित भेलालाई सम्बोधन गदैं गुरुङ र सुवेदीले पार्टीले घोषणा गरेको तीन महिने अभियान सफल पार्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

क्रान्तिकारी माओवादीले माघ १ देखि चैत्र मसान्तसम्म पार्टी संगठन विस्तार,सुदृढीकरण र जनपरिचालन अभियान शुरु गरेको छ । अभियानका क्रममा रुपन्देहीको भेलामा बोल्दैं नेता द्वयले संसदवादी दलहरुको भण्डाफोर,राष्ट्रियता,जनतन्त्र र जनजीविकाको लागि पार्टीले संघर्ष गर्ने बताउंनुभयो ।

क्रान्तिकारी माओवादी रुपन्देही संयोजक भुलबहादुर सुनारीको अध्यक्षता, सचिवालय सदस्य केजी कुमार पौडेको सञ्चालनमा सम्पन्न भएको भेलामा पार्टी नेता लक्ष्मीकान्त पौडेल,खुमानन्द भुसाल लगायतले बोल्नुभएको थियो ।