संघीयताको आगो, भष्म र खरानी !

516
views

-विनोद त्रिपाठी
अल्पज्ञानले तहसनहस पार्छ । गहिरो चिन्तन र अध्ययन धेरै मानिसमा कम छ । हरेक कुरा औपचारिकतामा सीमित छ । यहि औपचारिकता अहिलेको कृत्रिम सुन्दरता बनेको छ । कुरा संघीयताको हो । पञ्चायत ब्यवस्थाले ३० वर्ष र बहुदल–गणतन्त्रले अर्को ३० वर्ष शासन गर्यो । दुई पुस्ताले जीवन बितायो । एउटा मानिसको सिंगो जीवन राजनीति परिवर्तनमै सकियो, संघर्ष र कथित परिवर्तनको नाममा । संघीयतामा जान हुँदैन भन्दाभन्दै देश गइहाल्यो । संघीयतामा जान हुन्न भन्नेहरुलाई प्रतिगामीको बिल्ला भिराइयो । जातजाति, धर्म, वर्ग, सम्प्रदाय, क्षेत्रक्षेत्रमा विभाजन ल्याएर देशलाई हरिकंगाल बनाउनेहरु कथित अग्रगामी स्वघोषित भए । आफैले ल्याएको संघीयतामा आफैले आगो छोसिरहेका छौँ । आफ्नै घरआँगनमा केन्द्र चाहिएको छ । आफैलाई मात्र पायक चाहिएको छ । भोट माग्न जनता उचाल्ने नेताहरु । एउटा केन्द्र तोक्नुपर्ने, धेरैलाइ केन्द्र चाहिने । भ्रष्टचार भयो भन्छौँ, तिनै भ्रष्टाचारीलाई चुनाव जिताउँछौँ ।

आफुलाई मन नपरे प्रतिगामी भनिदिइहाल्छौँ। सरकारले प्रदेश प्रमुख केन्द्र तोकेन भनेर करायौँ, सरकारले सबै तोक्यो, अनि भएन हामी नै भन्छौँ । उता तामाङले आजको ल्होसार मान्दैनौँ भनेर पोछारिएको छ । सरकार मनाउन फकाउन २,४ वटा ल्होसार विदा दिन्छ । अझै अनेक लोसार खोज्दैछन् जनता । आफ्नै जातिको विदा चाहिएको छ सबैलाई । तेरो मेरो भाषाले छिमेक छिमेकमा लडाएको छ । १२४ भाषा बोल्न बाध्य पारिएको छ । भएका मिडियाहरु यहि दुष्चक्रमा कथित समावेसी र समानताको कुरा उरालेर तोडफोड गर्न उस्काउँछन् ।

हिजो मिलेर बसेको समाज आज खल्बल्याइएको छ । पञ्चायतकालमा बनेका ठुला सडकहरु र संरचनामा अटसमटस अझै हामी कुदिरहेका छौँ । त्यहि पञ्चायतलाइ सराप्छौँ । बनाएका भत्काउँछौँ । धुलो र फोहोरमा जीवन बिताउन सिपालु छौँ । सफा र सुन्दरता पटक्कै मन पर्दैन । शान्तिपुर्वक त बस्नै सक्दैनौं । कि बिगार्छौं कि बनाउनै दिन्नौँ । हामी भ्रष्टाचार गर्न खोज्छौँ । नसके अरुलाई भ्रष्टाचार गर्न लगाएर भ्रष्ट नेताहरु जन्माउँछौँ ।

हिजो मिलेर बसेको समाज आज खल्बल्याइएको छ । पञ्चायतकालमा बनेका ठुला सडकहरु र संरचनामा अटसमटस अझै हामी कुदिरहेका छौँ । त्यहि पञ्चायतलाइ सराप्छौँ । बनाएका भत्काउँछौँ । धुलो र फोहोरमा जीवन बिताउन सिपालु छौँ । सफा र सुन्दरता पटक्कै मन पर्दैन । शान्तिपुर्वक त बस्नै सक्दैनौं । कि बिगार्छौं कि बनाउनै दिन्नौँ । हामी भ्रष्टाचार गर्न खोज्छौँ । नसके अरुलाई भ्रष्टाचार गर्न लगाएर भ्रष्ट नेताहरु जन्माउँछौँ ।

संघीयताले मुलुक कुरुप भएको अफ्रिका लगायतको उदाहरण दिँदा अमेरिका र भारतलाई हेर भन्छौं । तर, विकसित मुलुकको चेतना हामीमा खोइ ? त्यो चेतना आफैभित्र खोज्दैनौँ । भारत विश्वमै हिंसा र अपराधको केन्द्रबिन्दु हो भन्ने हेक्का अझै गर्देनौँ । जातीय, धर्म र वर्गका नाममा भारत भित्रभित्र कति हिंसा मच्चिएको छ, त्यहि संघीयता कथित समावेशी र धर्मका नाममा । भुसको आगो झैँ भारतभरी सल्किएको छ । कुनै वर्ष भारतमा लाखौँ मानिस मर्नेगरि रणभुमिमा बदलिनेछ भन्ने हामीले अझै चेतेनौँ । भारतका गाउंगाउं हिंसा र अन्धविश्वास, जाति धर्मले कति कुरुप र अपराधमा जकडिएको छ, त्यो हेर्देनौं । हामी त्यहि अपराधयुक्त समाजको नक्कल गर्दै संघीयता ल्याउन खोज्दैछौँ ।

कि संघीयता हामीले ल्याएको हो, जहाँ केन्द्र भए पनि हाम्रै नेपालीलाई पायक पर्ने हो भन्ने दलहरुले आफ्ना कार्यकर्तालाई प्रशिक्षित गराउन सक्नुपर्दथ्यो । यो संघीयता न राजाले ल्याएका हुन्, न लोपोन्मुक कुसुन्डा जातिले ल्याएका हुन् । आफैले ल्याएको संघीयतालाई बिगार्न खोज्ने दलहरु र तिनका मतियार जनताहरु के यो मुलुक समृद्ध बनाउलान् भन्ने कसैले सोचेको छ ? यदि यो सोचेको छ भने पुरै मिथ्या सावित हुनेछ । अहिले केन्द्रको कुरा आयो, अब प्रदेश सरकार निर्माण, प्रदेशको नामाकरण, मुख्यमन्त्री, मन्त्रीहरु, स्थानीय कानुन, प्रदेश सिमाना, भाषा, अधिकार, आर्थिक स्वामित्व, प्रदेश खर्च सञ्चालन, केन्द्र र प्रदेशको तनाव, कर्मचारी नियुक्ति, प्रदेश ब्यवस्थापिका सञ्चालन लगायत १०० विषयमा काम गर्दैगर्दा नेपाल खरानी भइसक्ने छ ।

अनि हामी खरानीमा रमाउने कि त्यही खरानीमा दुई थोपा आँसु झार्ने, त्यो बाहेक अर्को बिकल्प हुने छैन । किनकि पात्र यिनै हुन्, प्रवृत्ति यहि हो । अहिले चलिरहेको विरोधको यो स्वरुप केवल ट्रेलर मात्र हो, खास पुरा चलचित्र शुरु भएकै छैन । पुरै चलचित्र शुरु भएपछि हामी लाखौँ जनता म्यानमारका रोहिंग्या जस्तै भागाभाग गर्नेमा पर्नेछौँ ।

०६३ सालपछि नेपालको राजनीतिले यहि दरिद्रता, धनी र गरिवबीचको झन ठुलो दरार, जातजातिको भेदभाव, राष्ट्रियता चकनाचुर, भद्रगोल, अविकास, पछौटे, दलालीकरण, भ्रष्ट, बेरोजगार, कुटाकुट, आन्दोलन, झडप र मारामारको बाटो देखाएको छ ।