पार्टी सभापति देउवामाथि खनिए नेता

634
views

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनबारे छलफल गर्न डाकिएको कांग्रेस केन्द्रीय समिति बैठमा नेताहरु पार्टी सभापति शेरबहादुर देउवामाथि खनिएका छन ।
१० र २१ संसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा अप्रत्यशित परिणाम भोगेको कांग्रेसभित्र निर्वाचनको समिक्षा हुनुपर्ने भन्दै आवाज उठिरेहका बेला डाकिएको बैठकमा प्रधानमन्त्रिसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा विरुद्ध नेताहरु उत्रिएका हुन ।
बालुवाटारमा बसेको बैठकमा निर्वाचन सम्पन्न भएको लामो समयसम्म पनि निर्वाचनको परिणामका समिक्षा नगरेको पार्टी सभापति आफैले पार्टीलाइृ गुटगत ढंगबाट सञ्चालन गरेको आरोप नेताहरुले लगाए ।
उनीमाथि विद्यान विपरित संसदीय समिति र कार्यसम्पादन समिति गठन गरेको निर्वाचनका समयमा आफु अनुकुललाई मात्र टिकट वितरण गरेको र पार्टीलाई कम्पनी बनाउन खोजेको नेताका आरोप छ । आजको राजधानी दैनिकबाट