गड्डाचौकी भन्सार परिसरबाटै मालसामान गायब

643
views

कञ्चनपुर । कञ्चापुरको एकमात्र गड्डाचौकी भन्सार कार्यालयको परिसरबाटै मालसामान गायब हुने गरेको छ । भारतबाट आयात गरिएका सामान चेकजाँचका लागि भन्सार परिसर राख्दा त्याँँहीबाट गायब हुने गरेको गुनासो व्यावसायीले गरेका छन् ।
भन्सारकै कर्मचारी र एजेन्टको मिलेमतोमा सामान चारी हुने गरेको स्रोतको दावी छ । आयातित सामान भन्सारबाट व्यापारीले नउँठाउँदासम्म भन्सार परिसर भित्र सामान राख्न बनाइएको यार्डमा राखिन्छ तर, भन्सार परिसर भित्रैबाट सामानका पोका काटेर सामान चोरी गरी लैजान लागेको भन्सार कार्यालयकै सीसीटीभि फुटेजमा फेला परेपछि भन्सार परिसरबाटै सामान चोरी हुने गरेको खुलासा भएको हो ।
भन्सार कर्मचारीकै रोहवरमा मालसामान भन्सार परिसर भित्र छोडेर जाने गरेकामा कमैचारीकै लापरबाहीका कारण सामन हराउने र चोरी हुने गरेको स्थानीय व्यापारी महेशराज नोशीले बताउनुभयो । आजको गोरखापत्र दैनिकबाट