युरोप र अमेरिकाको लोभ देखाएर ठगीएपछि झल्याँस्स

668
views

काठमाडौं । पटक–पटक गरेर २२ लाख रुपैयाँ छिमेकीका हातमा राखिदिएपछि ललितपुरको नखिपोटका नरबहादुर बुढाथोकीले स्पेन जाने सपना देख्न थाले । नदेखुन् पनि किन, पानीजहाजको क्रु मेम्बरको जागिर मनग्ये कमाइको लोभ देखाएका गिए, उनकै छिमेकी पारस लोहनीले । बुढाथोकी आफु स्पेन पुगिनेमा किन विश्वस्त थिए भने पारसले स्पेनको पानीजहाज कम्पनीसम्बद्ध कैयौं कागजात देखाएका थिए । साथै पानीजहाजमा काम गर्न आवश्यक तालिम लिएको पमाणपत्र त्यतिकै उपलब्ध गराइदिएका थिए । तर, नरबहादुरको सपना धरै दिनसम्म टिकेन ।
पारस एकाएक सम्पर्कबाहिर भएपछि पो उनी झल्याँस्स भए । स्पेन, अमेरिकार जापानका विभिन्न पानीजहाज कम्पनी क्रु मेम्बर काम दिलाइदिने लोभ देखाएर पारको ठगीमा परेका नरबहादुर मात्र एक्ला छैनन् । दुई महिनाभन्दा लामो खोजिपछि बुधबार बेलुकातिर महानगरीय प्रहरी अपराध महाशाखाको टोलीली पारसलाई सोह्रखुट्टेमा हिडिरहेको अवस्थामा पक्राउ गरेपछि उनीबाठ ठगीनेको संख्या ठुलो रहेका सार्वजनिक भैरहेको छ । अपराध महाशाखामा पारसविरुद्ध ३२ जनाको लिखित उजुरी परेको छ, जसमा दुई करोड ४० लाख रुपैयाँ बिगो दाबी गरिएको छ । आजको कान्तिपुर दैनिकबाट