पार्टी एकताका लागि ओली–प्रचण्डको निर्णायक भेटवार्ता

557
views

काठमाण्डौ, ६ माघ । पार्टी एकतालाई छिटो टुङ्ग्याउने उद्देश्यले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच वार्ता सुरु भएको छ । बालकोटस्थित ओलीको निवासमा बैठक सुरु भएको हो । अध्यक्षद्वयको यो भेटलाई एकताको निर्णयक भेट मानिएको छ ।

पार्टी एकतालाई छिट्टै टुङ्ग्याउने उद्देश्यले शुक्रबारपनि ओली–प्रचण्डबीच ओली निवासमै कुराकानी भएको थियो। हिजोको बैठकले आजपनि दुई नेताबीच बैठक र भोलि एकता संयोजन समितिको बैठक बस्ने निर्णय गरेको थियो ।

भोलि एकता संयोजन समितिको बैठक पूर्व्निर्धा्रित भएकाले आजको बैठक निर्णायक हुने नेताहरुले बताएका छन्। आज भएका सहमतिहरुलाई भोलि हुने समितिको बैठकमा राखिने र त्यसपछि एकताले निर्णायक विन्दूतिर पुग्ने उनीहरुको भनाई छ।

प्रचण्डका प्रेस संयोजक मनहरि तिमिल्सिनाका अनुसार आजको बैठकमा संयुक्त कार्यदलले तयार पारेको राष्ट्रिय सभाको निर्वाचन, प्रदेश सरकारको गठन सम्बन्धि रिपोर्ट र भोलि बस्ने पार्टी एकता संयोजन समितिको बैठकका एजेण्डा, पार्टी एकताको साझा दस्तावेज लगायतका विषयमा छलफल हुनेछ ।