राष्ट्रियसभा निर्वाचनका निम्ति मतदाताको नामावली सार्वजनिक

662
views

काठमाण्डौ, ७ माघ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदाताको नामावली सूचीसार्वजनिक गरेको छ । माघ २४ गतेका लागि तोकिएको राष्ट्रिय सभा निर्वाचनका निम्ति आयोगले मतदाताको सूची सार्वजनिक गरेको हो ।

निर्वाचनमा प्रदेशसभाका सांसद साथै स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहने संवैधानिक प्रावधान छ । प्रत्येक प्रदेशबाट निर्वा्चित हुने ८–८ जना र सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने ३ गरी राष्ट्रियसभा ५९ सदस्यीय हुने संवैधानिक व्यवस्था छ ।

स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १ हजार ५०६ जना साथै प्रदेश सांसद ५५० गरी राष्ट्रियसभामा २ हजार ५६ जना मतदाता रहनेछन् । आयोगले प्रदे नं १–७ को गाउँपालिका र नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली सार्वजनिक गरेको हो ।