हास्य कलाकार राजनीतिमा

695
views

अति ब्यस्त हास्य कलाकार तथा निर्देशक घनश्याम तिमिल्सिनाले औपचारिक रुपमै पार्टी प्रवेश गरेका छन । आज एक कार्यक्रम बिच ने क पा माओवादी केन्द्र पार्टी कार्यालयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्देशक तिमिल्सिना लगायत नायिका आर्या बस्नेत, कलाकार अस्नम रानालाइ सिन्दुर तथा खादा लगाई पार्टी प्रवेश गराएका हुन् ।अखिल नेपाल जनसास्कृतिक महासंघमा आबद्द हुने गरि उनीहरुलाई पार्टी प्रवेश गरिएको हो । पार्टी प्रवेश पछि कुरा गर्दै निर्देशक तिमिल्सिनाले बाम एकता मिलेर जनताको भावना अनुसार अघि बढे भने देश सबल बन्ने बताए । कलाकारहरु पनि देशको मुलधारको राजनैतिकमा समाबेश भै देश निर्माणमा होसमा हैसे गर्नु पर्ने बताए ।