भारतले जग्गा नमिचेको नापी विभागको दाबी

707
views

काठमाडौं । वीरगञ्जको सिर्सियामा नेपालको ५० विभाग जमिन भारतर्फ नपरेको दावी नापी विभागले गरेको छ । वीरगञ्जको सीमाक्षेत्रमा भारतले नेपालको ५० विगा जमिन मिचेको भन्ने समाचार कतिपय मिडियामा सार्वजनिक भएपछि विभागले आइतबार पत्रकार सम्मेलन गरी यस्तो दाबी गरेको हो ।
नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले नेपालको सीमानामा नेपाल र भारतबीच स्थिर सीमा सीद्धान्त अपनाएका कारण कुनै कनै स्थानमा नेपालको भनी बुझिएको भूमि भारततर्फ र भारतको भनी बुझिएको भूमि नोपलतर्फ पर्न गएको स्पष्ट पार्नुृभयो ।
उहाँले यसलाई एक देशको भूमि मिचिएको भन्न नमिल्ने बताउनुभयो । उहाँले सीमाक्षेत्रमा प्राकृतिक रुपमा नदीको बहावमा परिवर्तन हुन गई स्थानीय तहमा सीमाको बुझाई र तत्कालीन समयमा रहेको नदीको बहावको अवस्थाले नेपालको भनी बुझिएको जग्गा भारततर्फ र भारतको भनी बुझिएको जग्गा नेपालतर्फ पर्ने अवस्था सिर्जना भएको बताउनुभयो । आजको गोरखापत्र दैनिकबाट