जरिवाना तिरेपछि लाइसेन्स नभएपनि छुट

651
views

तनहुँ । सवारी सञ्चालन अनुमतिपत्र (लाइसेन्स) नभएपनि तनहुँमा सवारीसाधन चलाउन पाइन्छ भन्दा अचम्म लाग्छ । तर, यो यथार्थ हो लाइेसेन्स नभएपनि सवारी साधन चलाएकै आधारमा ट्राफिक प्रहरीले पक्रिएपनि सामान्य जरिवाना शुल्क तिरेपछि छुटकारा पाइन्छ ।
जिल्लाका अधिकांश स्थानीय रुटमा चल्ने सावारी चालक लाइसेन्सविनै वषौदेखि सवारी साधन चलाइरहेका छन् । उनीहरुलाई ट्रफिक प्रहरीले चेकजाँच नगर्ने पनि होइन हरक दिनजसो चेकजाँच पनि हुन्छ । तर, ट्राफिकले जरिवानावापतको सामान्य चित काटेपछि उनीहरु पुनः सवारी चलाउन योग्य हुन्छन्। ग्रामीन भेगमा मात्रै होइन, राजमार्गमा चल्ने केही सवारी चालक पनि यसरीनै सवारी चलाइरहेका छन् ।
दुर्घटना न्युनिकरण र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न भन्दै ट्राफिक प्रहरीले राजमार्ग र ग्रामीण भेगमा समेत चेकजाँचमा कडाई गरेको छ । जसबाट सरकारलाई राजस्व त बढेको छ, तर दुर्घटना भने न्युनिकरण भएको छैन् । आजको नयाँ पत्रिका दैनिकबाट