माघ २४ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा

552
views

काठमाडौँ, ८ माघ । माघ २४ हुने राष्ट्रियसभा सदस्य निर्वाचनको केन्द्रीयस्तरको तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्यालले बताएका छन् ।

सात प्रदेशमा खटिने प्राविधिक कर्मचारीका लागि आयोगमा आयोजित ‘एकीकृत निर्वाचन सूचना व्यवस्थापन प्रणाली’ सम्बन्धी प्रशिक्षणको शुभारम्भ गर्दै पौड्यालले निर्वाचनका लागि आवश्यक पर्ने नियमावली र निर्देशिका तयार भएको जानकारी दिए ।

प्रशिक्षणमा सात प्रदेशका १५ जना प्राविधिकको सहभागिता रहेको छ । आयोगले आगामी राष्ट्रिसभा निर्वाचनको तयारी, मतभार, मतगणना विधि र प्रक्रियाका बारेमा राजनीतिक दलका प्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रम तय गरेको छ ।