भोलि १ बजे बस्ने गरी संसद बैठक स्थगित

833
views

काठमाडौ, १० बैशाख । व्यवस्थापिका संसदको बैठक आजलाई स्थगित भएको छ । आइतबार दिउँसो तीन बजेका लागि बोलाइएको संसद बैठक सूचना टाँस गरी स्थगित गरिएको संसद सचिवालयले जनाएको छ । संसद बैठक भोलि १ बजेका लागि बोलाइएको छ ।आइतबारका लागि बोलाइएको संसद बैठकमा परिमार्जनसहितको संविधान संशोधन विधेयक ल्याउने सरकारको तयारी थियो । मन्त्रिपरिषद् बैठकले परिमार्जन सहितको संविधान संशोधन प्रस्तावबारे निर्णय गरिनसकेको र संसद सचिवालयमा प्राप्त नभएकाले बैठक स्थगित गरिएको बताइएको छ ।