सिपी गजुरेल र बाबुराम भट्टराई सहित ३७ पक्राउ

624
views

नवदृष्टि संवाददाता
चैत्र २० काठडौं मा। देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेल एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई लगायत ६४ दलका ३७ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

दलीय चुनाव चिन्हको माग गर्दै निर्वाचन आयोग घेराउ गर्न पुगेका ६४ दलका कार्यकर्ताहरुलाई निर्वाचन आयोगको कार्यालय अगाडिबाट गिरफ्तार गरिएको हो । देजमोका दर्जनौं नेता कार्यकर्ताहरु गिरफ्तारीमा परेको देजमो कार्यालयले जनाएको छ ।
देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले ‘‘स्थानीय तह निर्वाचन ऐन–२०७३’’ अलोकतान्त्रिक र संविधानसँग बाझिने रहेकोले त्यसको खारेजीको माग गर्दै आएको छ ।
उक्त कानुनको दफा ६ को उपदफा ६ र ७ मा व्यवस्था भए अनुसार हाल संसदमा रहेका दलहरुले मात्र निर्वा्चित चिन्ह पाउने प्रावधान गरेको छ । मोर्चाले उक्त अलोकतान्त्रिक कानुनका कारणबाट प्रभावित हुन पुगेका अन्य पार्टीहरु त्यसको खारेजीको माग गर्ने क्रममा पक्राउ गरेको हो ।