एमाले–माओवादीले मुख्यमन्त्रीको टुङ्गो १४ माघमा लगाउने निर्णय

605
views

काठमाण्डौ । प्रदेश सरकार निर्माण सम्बन्धी एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदलले माघ १४ मा मात्र मुख्यमन्त्री लगायत प्रदेश सरकार सम्बन्धी विषयमा निर्णय गर्ने भएको छ । आज बसेको कार्यदलको बैठकले सम्पूर्ण विषय आगामी बैठकबाट टुङ्गो लगाउने निर्णय गरेको हो ।

एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले संघीय मन्त्री मण्डलभन्दा प्रादेशिक मन्त्री मण्डल ठूलो हुने देखिएकाले त्यसको संख्या घटाउन पहल गर्ने निर्णय गरेको एमाले नेता सुरेन्द्र पाण्डेले बताए ।

बैठकमा कार्यदलका सदस्य एमाले नेताद्वय सुरेन्द्र पाण्डे र सुवाषचन्द्र नेम्वाङ तथा माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ सहभागी थिए ।