लामिछाने विप्लव नेतृत्वको नेकपामा प्रवेश

1052
views

पर्वत । वैद्य माओवादीका जिल्ला सदस्य प्रकाशजंग लामिछाने नेकपामा प्रवेश गरेका छन् । लामिछानेले एक विज्ञप्ती प्रकाशन गर्दै नेपाली क्रान्तिका लागि विप्लव नेतृत्वको नेकपामा प्रवेश गरेको जनाएका छन् ।

लामो समयदेखी नेकपा –क्रान्तिकारी माओवादी) मा जिल्ला सह–संयोजकका साथै राज्य समिति सचिवालयमा काम गरेको तर सो पार्टीले त्रान्ति गर्ने छाँटकाँट नदेखिएको भन्दै नेकपामा प्रवेश गरेको जनाएका छन् ।

लामिछानेले पुष्पकमल दाहाल नेतृत्वको पार्टी नेकपा माओवादी केन्द्र र डा. बाबुराम भट्टराई नेतृत्वको पार्टी संसदीय भासमा फसेको भन्दै सो पार्टीबाट अलग्गिएर वैद्य नेतृत्वको माओवादीमा रहेर क्रान्तिको सपना पुरा गर्ने अभियानमा क्रियाशिल भएपनि सो पार्टी समेतको नेतृत्वले क्रान्ति पुरा गर्ने नदेखिएपछि नेकपामा प्रवेश गरेको जनाएका छन् । उनले नेपाली समाजले कम्युनिष्ट आन्दोलनका नाममा दिएको धोकाधडीबाट पाठ सिक्दै नेकपाको नेतृत्वमा हुन लागेको आमुल परिवर्तनका पक्षमा लाग्न समेत आम जनसमुदायलाई अपिल गरेका छन् ।