सहिद पथ प्रदर्शक तथा आदर्श हुन्– देउवा

675
views

काठमाण्डौ, १६ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले सहीद दिवसका अवसरमा नेपालको लोकतान्त्रिक आन्दोलनका विभिन्न कालखण्डमा शहादत प्राप्त गर्ने सम्पूर्ण वीर सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रधानमन्त्री देउवाले विज्ञप्तिमार्फत राणाशासनको क्रुर कालखण्डमा प्रजातन्त्रप्राप्तिका लागि आफ्नो जीवनलाई सहजै देशका लागि आहुति दिने चार महान् सहिद तथा प्रजातन्त्र पुनःस्थापना एवं लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि शहादत प्राप्त गर्ने सम्पूर्ण वीर सपूत सबैका पथप्रदर्शक र आदर्श व्यक्तित्व भएको उल्लेख गरेका छन् ।

राणाशासनको क्रुर कालखण्डमा प्रजातन्त्रप्राप्तिका लागि आफ्नो जीवनलाई सहजै देशका लागि आहुति दिने चार महान् सहिद तथा प्रजातन्त्र पुनःस्थापना एवं लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि शहादत प्राप्त गर्ने सम्पूर्ण वीर सपूत सबैका पथप्रदर्शक र आदर्श व्यक्तित्व।

‘सहिद ले कल्पना गरेको राजनीतिक पद्धतिको स्थापना गर्न हामी सफल हुन सकेका छौँ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भई संविधानले कल्पना गरेको तीन वटै तहको निर्वाचन सम्पन्न भइसकेको छ । वर्तमान सरकारले राष्ट्रले सुम्पेका जिम्मेवारीलाई सफलतापूर्वक सम्पन्न गरी संविधानको पूर्णरुपमा कार्यान्वयन भएको छ र यससँगै देश नयाँ सरकारप्राप्तिको अन्तिम चरणमा पुगेको छ’, विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री देउवाले अब शहीदको बलिदानी र त्यागको फलस्वरुप प्राप्त लोकतन्त्रका जगमा देशको आर्थिक विकास र समृद्धिका लागि अगाडि बढ्नु अपरिहार्य रहेको । बताउँदै यसमा सबै राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण नेपाली एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।