सरकारले गरेका सबै निर्णय बैधानिक –मन्त्री बिश्वकर्मा

554
views

पर्वत । बाणिज्य मन्त्री मिन बिश्वकर्माले सरकारमा बेर गरेका सबै निर्णयहरु बैधानिक भएको दाबी गरेका छन । प्रतिनिधीसभा निर्वाचनमा बहुमत हासिल गरेको एमाले लगायतका दलले सरकारले पछिल्लो समय गरेका निर्णयहरु अबैधानिक भएको र खारेज गर्ने बताइरहेका बेला मन्त्री बिश्वकर्माले सरकारको निर्णयको बचाउन गरेका हुन ।


पर्वतको कुस्माबजारमा सञ्चालित शहीदस्मारक आवासिय माबिले शहीद दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै बाणिज्य मन्त्री बिकले भने ‘सिंहदरबारमा बसेर सरकारले गरेका सबै निर्णय बैधानिक हुन’ । उनले सरकार छाडेर हिँडेपछि निर्णय गरेको भए मात्रै अबैधानिक हुने जिकिर गरे ।

निर्वाचनमा पराजित भएर कामचलाउ हालतमा पुगेको सरकारले मुलुकमा दिर्घकालिन महत्व राख्ने निर्णय गरेको भन्दै आलोचना भैरहेका बेला मन्त्री बिश्वकर्माले भने सरकार संग गोल हान्ने अवसर रहेकाले अझै धेरै महत्वपुर्ण निर्णय गर्न सक्ने संकेत समेत दिए । ‘खेलमा पसेपछि अन्तिम समय सम्म गोल गर्ने चाहना हुन्छ’ उनले भने ‘सरकारमा बसुञ्जेल गोल हान्ने अवसर कत्तिपनि छाडिन्न, गोल गर्ने अवसर कसैले गुमाउँदैन’
प्रधानमन्त्री शेरबहादुर देउवा निर्णय गर्ने कुरामा नडराउने बताउँदै सरकारमा सरकारमा पुगेका बेला धेरै सकारात्मक निर्णय गरेको दाबी गरे ।

पछिल्लो चुनाबमा पनि नेपाली कांग्रेसले लोकप्रिय मत पाएको दाबी गर्दै चुनाब जितेर नमात्तिन एमाले र माओबादी केन्द्रलाई आग्रह पनि गरे । उनले आफुँ मन्त्री भएपछि बाणिज्य क्षेत्रमा सकारात्मक प्रभाब पार्ने खालका धेरै दुरगामी निर्णयहरु समेत गरेको दाबी गरे ।