साउदीको रोजगारी संकटमा

550
views

काठमाडौं । नेपाली कामदारका लागि मलेसियापछि राम्रो गन्तव्य मानिएको साउदी अरबको रोजगारी धरापमा पर्ने अवस्थामा छ । साउदी सरकारले विकास निर्माणको बजेट कटौतीसहित भिजन २०३० सार्वजनिक गरेसँगै नेपाली कामदारले साउदीमा पाउँदै आएको रोजगारीमा क्रमशः गुम्दै गएको छ ।

साउदीमा हाल १२ प्रतिशत जानसंख्या बरोजगारी छ । सरकारले सन् २०३० भित्र देशको १२ प्रतिशत बेरोजगारीलाई पाँच प्रतिशतमा झार्ने भन्दै गरेको निर्णयको प्रत्यक्ष असर नेपाली कामदारमा परेको वैदेशिक रोजगार व्यावसायी संघका अध्यक्ष रोहन गुरुङ बताउँछन् । साउदीमा सञ्चालित बहुरारष्ट्रिय कम्पनीले हाल विदेशी कामदार कटौती गरिरहेका छन् । साउदी सरकारले पछिल्लो दुई वर्षदेखि विकास निर्माण भन्दा बढी सीमा सुरक्षाँमा रकम विनियोजन गरिरहको छ ।

यसका कारण साउदी अरबमा लामो समयदेखि सञ्जाल भइरहेका बहुराष्ट्रिय कम्पनी धमाधम बन्द भइरहेका छन् । नेपालबाट सबै भन्दा बढी कामदार भौतिक संरचना निर्माणमै जाने गरेका छन् । साउदी सरकारले आफ्नो देशका युवाको बेरोजगारी घटाउन हरेक क्षेत्रमा अनिवार्य रुपमा १० प्रतिशत कामदार आफ्नै देशको हुनपर्ने भन्दै लगु गरेको नियमका कारण पनि रोजगारीमा संकट आएको संघका निवर्तमान प्रथम उपाध्यक्ष कुमुद खनाल बताउँछन् । आजको अन्नपूर्ण दैनिकबाट