बाम एकता संयोजन समितिको बैठक डाकियो

591
views

काठमाण्डौ, १८, माघ । एमाले–माओवादीबीच हुने एकतालाई निष्कर्षमा पुर्याउन बाम एकता संयोजन समितिको बैठक बोलाइएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा साझा उम्मेदवारीसँगै प्रादेशिक सरकारमा ७० र ३० को भागबण्डा गरेका एमाले र माओवादी केन्द्रले पार्टी एकतालाई अन्तिम रुप दिन आजबाट एकीकरण प्रक्रियाबारे छलफल गर्न लागेका हुन् । समितिको बैठक सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यलयमा बस्दैछ ।

आजको बैठकमा पार्टी एकता प्रक्रियाबारे ठोस छलफल हुने एकता संयोजन समितिका सदस्य एवं माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बाम एकताबारे लामो समयदेखि छलफल भएपनि नेताहरुको पदिय जिम्मेवारीको बाँडफाँड तथा पार्टीको आगामी सिद्धान्तबारे छलफल भएको छैन ।