जापानमा नेपालीले गरे सडक सफाई

819
views

जापान,११ बैशाख । – जापानिज लायन्स क्लब फुकुओका जोनान लायन्स क्लब , फुकुओका नर्मलाइजेसन लायन्स क्लब लगाएत एक दर्जन लायन्स क्लबहरुको आयोजनामा जापानको फुकुओकाका सडक सफाई गरिएको छ ।
कार्यक्रममा फुकुओकाको बिभिन्न क्षेत्रका सड़क पेटीमा जथाभावी छरिएर रहेका फोहोर संकलन, भित्ता र पोलहरुमा पोतीएका रंग मेटाउने काम गरिएको थियो । उक्त सरसफाई कार्यक्रमा जापानमा रहेको नेपालीहरुको पहिलो लायन्स क्लब नेपाल जापान फे्रन्डसीप लायन्स क्लबको पनि सक्रिय सहभागिता रहेको थियो । सरसफाई कार्यक्रममा आफ्नो देशमा नेपालीहरुले सहभागिता जनाएको भन्दै जापानिज लायन्स कल्बहरुले नेपाल जापान फे्रन्डसीप लायन्स क्लबको प्रशंसा गरेका थिए । सामाजिक कार्यक्रममा नेपाल जापान फ्रेन्डसीप लायन्स क्लबको सक्रिय सहभागिता रहने नेपाल जापान फेन्डसीप लायन्स क्लबका अध्क्षय अर्जुन थापाले बताए ।