प्रदेश ६ को पहिलो प्रदेशसभा बैठक सकियो

627
views

सुर्खेत । वीरेन्द्र नगरमा प्रदेश नम्बर ६ संसदको पहिलो बैठक सकिएको छ । सिचाइँ डिभिजन कार्यालयको भवनमा बसेको बैठक सम्पन्न भएको हो । प्रदेश सभाको बैठकले माघ २९ सभामुख चयन गर्ने निर्णय गरेको छ ।

जेष्ठ सदस्य हिमबहादुर शाहीको अध्यक्षतामा पहिलो बैठक सम्पन्न भएको हो । बैठकमा जेष्ठ सदस्य शाहीले सभामुखको निर्वाचन सम्बन्धी प्रस्ताव निर्णायार्थ पेश गरेका थिए । बैठकले उक्त प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ ।

पहिलो बैठकले प्रदेश सभा कार्य सञ्चालन अन्तरिम कार्यविधि २०७४ सर्वसम्मत पारित गरेको छ । बैठकमा बोल्ने सांसदले प्रदेश ६ को समृद्धिका लागि एकजुट हुने प्रतिबद्धता जनाएका छन् ।

बैठकमा एमाले सांसद यामलाल कँडेल, माओवादी केन्द्रका महेन्द्रबहादुर शाही, कांग्रेसका जीवनबहादुर शाही र राप्रपाका शोसीला शाहीले धारणा राखेका थिए ।