प्रदेश नम्बर ४ को पहिलो प्रदेश सभा बैठक सुरु, मनाङे आएनन्

559
views

पोखरा, २२, माघ । प्रदेश ४ को पहिलो प्रदेश सभा बैठक सुरु भएको छ । अहिले सांसदहरुले मन्तव्य राखिरहेका छन् ।

प्रदेश ४ मा प्रत्यक्ष र समानुपातिक गरी जम्मा ६० जना सांसदहरु छन् । तिमध्ये ५३ जना सांसद नयाँ छन् । पक्राउ वारेन्ट जारी भएकाले दीपक मनांगे उपस्थित नभएकाले ५२ जना नयाँ अनुहार प्रदेश ४ को संसदमा देखिएको छ ।