बलात्कारीलाई छाड्ने सुनसरीका एसपी, इन्स्पेक्टर निलम्बित

657
views

काठमाडौं, २५ माघ । बलात्कारीलाई छाड्ने सुनसरीका एसपी, इन्स्पेक्टरलाई सरकारले निलम्बन गरेको छ । दलका नेताको दबाबका कारण बलात्कारीलाई त्यसै छाडेको भन्दै निलम्बनका लागि सिफारिस गरिएका सुनसरीका एसपी विद्यानन्द माझी र र इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक चिरञ्जीवी दाहाललाई निलम्बन गरिएको हो ।

प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले माझी र दाहाललाई निलम्बन गरेको समाचार स्रोत बताउछ । सुनसरी प्रहरी प्रमुख माझीले सामूहिक बलात्कारको मुद्दा दर्ता नगरी पीडित पक्षलाई मिलापत्र गर्न बाध्य पारेको भन्दै उनलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयले गृहलाई पत्र लेखेको थियो ।

त्यस्तै, बलात्कारको घटना लुकाउन इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक चिरञ्जीवी दाहालको संलग्नता रहेको छानबिन समितीले प्रतिबेदन दिएपछि उनलाई समेत प्रहरी प्रधान कार्यालयले निलम्वनको गृहमा सिफारिस गरेको थियो ।

गत पुस १६ गते इटहरीको एक रिसोर्टमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको थियो । उक्त घटना प्रहरीमा पुगेको भएपनि पीडित परिवारलाई दबाब दिएर मिलापत्र गराइएको थियो । गृहस्रोतका अनुशार छानबिन समितिको प्रतिवेदनका आधारमा माझी र दाहाललाई निलम्बन गर्न भनिएअनुरुप दुवैलाई गृहले निलम्बन गरेको बुझिएको छ । घटना र विचारबाट