अब बन्ने सरकारमा जान तयार छुः उपेन्द्र यादव

843
views

काठमाण्डौ, २५ माघ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी अब बन्ने सरकारमा सहभागि हुने बताएका छन् ।

भावी प्रधानमन्त्री एमाले अध्यक्ष केपी ओलीसँग आफ्नो दल सरकारमा जान चाहेको यादवले स्पष्ट पारेका छन् । यादवले सरकारमा सहभागि हुनका लागि संविधान संशोधनको मुद्दा नछोड्ने पनि स्पष्ट पारेका छन् ।

“म ओलीसँग हात मिलाएर सरकारमा जान चाहन्छु, तर संविधान संशोधन हुनुपर्छ ।” यादवले भने । जनताको म्यान्डेटअनुसार वाम गठबन्धनकै नेतृत्वमा सरकार बन्नुपर्नेमा यादवले जोड दिएका छन् ।

प्रदेश नम्बर २ मा राजपासँग मिलेर नै सरकार बनाइने यादवले बताएका छन् । मुख्यमन्त्री आफ्नो दलबाट लालबाबु राउतलाई बनाइने र सभामुख राजपालाई दिने यादवको भनाई थियो ।