कस्तो होला एक्काइसौं सताब्दीको शिक्षा ?

617
views

डा. विद्यानाथ कोइराला

दर्शन एवं सिद्धान्तमा नवीनता

एकल दर्शनका दिन गए । उदार अर्थतन्त्र र सामाजिक न्यायको गठजोडले त्यही भन्यो । व्यक्तिगत स्वतन्त्रता र न्यायिक र वितरण प्रणालीले त्यही कुरा ग¥यो । राज्यको जबर्जस्ती (Law enforcement) र व्यक्तिको स्वतन्त्रताको गठजोडले त्यही सन्देश दियो । उत्पादनमुखी शिक्षा र कला शिक्षाको गठजोडले पनि सोही कुरा प्रमाणित ग¥यो । यसको अर्थ हो अबको शिक्षालाई दर्शनले चलाएन । दर्शनहरुले चलाउनु पर्ने भयो । अर्थात् मिश्रण (Mixture) र रसायन (तेस्रो चीज) बनाउँनु अहिलेको यथार्थ हो । एक्काइसौं सताब्दीको यथार्थ । परम्परागत ज्ञानमा पश्चिम ज्ञान थप्ने । पूर्वीय दर्शनमा पश्चिम दर्शन जोड्ने । यस अर्थमा अन्तरवाली (Inter croping) को बुद्धि । त्यसको एकल कारण हो एउटै दर्शन पूरा हुन्न । सिद्धान्त पूरा हुन्न । जस्तो – न्यूटनले भने ईश्वरले ब्रम्हाण्ड बनाए । त्यसैमा यान्त्रीकरण जोडिदिए । उनको यान्त्रिक चिन्तन (mechonitic view) ले परम्परा जोड्यो । आधुनिकता जोड्यो । नीलबोर जस्ता क्याण्टाम सिद्धान्तकारहरुले यान्त्रिकरण (electromagnetive) चिन्तनमै तरंग (Wave) खोजे । अणुमा हुने तरंग । सापेक्षवादी सिद्धान्तकारले ऊर्जा नै पदार्थ बन्छ । पदार्थ नै ऊर्जा बन्छ भन्ने मान्यता ल्याए । अर्थात् तरंग वस्तुमा हुन्छ । वस्तु तरंगमा हुन्छ । यस्तो कुरा स्थापित गरे ।
सिद्धान्तहरु जोड्नमा हकिन्स पनि खप्पिस बने । उनले गगनभेदी शब्द (Big bang)  र कालो ध्वाँन्द्रो (Black hole) सिद्धान्तलाई जोडे । उनको जोडाइबाट सबै चीजको सिद्धान्त (Theory of everything) बन्यो । यो क्रम सर्वत्र जारी छ । अहिलेको हिग्स बोसन पनि त्यहि हो । शिक्षामा पनि यसलाई लागू गर्नुपर्छ । अर्थात् जनजातिको परंपरागत ज्ञानमा मार्क्सको उत्पादन जोड्ने । गिड्डेन्सको ज्ञान, संरचना र व्यक्तिबीचको अन्तरसम्बन्धमा पूर्वीय संस्कृति जोड्ने । तर हाम्रा विद्हरु चाहिँ एकल सिद्धान्तको वकालत गरिरहेछौं । यो एकलवादलाई मिश्रण र रसायन बनाउँनु भोलिको बाटो हो । सचितानन्द बोसको पूर्वीय दर्शनमा पिटर हिगरसको पश्चिमा विज्ञान जोड्दा ब्रम्हाण्डको नवीन सिद्धान्त बने जस्तो । यसको अर्थ हो – अनेकन् दर्शन र सिद्धान्तहरुलाई जोड्ने वैचारिक छलफल अहिलेको आवश्यकता हो । त्यसो गर्नाले परम्परागत संज्ञानी वृद्धि (Cognitive wisdom) मा निर्माणवादी (Constructionist) वृद्धि जोडिन्छ । परिणामतः विनिर्माण (deconstruction) को काम हुन्छ । अर्थात् नवीन बुद्धिहरु बन्छन् । एक्काइसौं सताब्दीको शिक्षाले यस्तै दर्शन खोज्छ । सिद्धान्त खोज्छ । किनकि युग उही हो । बुझाइले शताब्दी बन्छ । राउटे र वातानुकुलित गाडी चढ्नेहरु एउटै युगमा छन् । भिन्नता शताब्दीको हैन । सोचको हो । दुवै थरीका सोचहरु बीचको अन्तरसम्बन्धले शिक्षामा नवीनता आउँछ । एक अर्कोलाई जोड्छ ।
शिक्षा र दीक्षामा नवीनता
भन्यौं शिक्षा । ग¥यौ दीक्षा । हाम्रो नियति यही हो । शिक्षाले खुला गरेन । दीक्षा (inductination) ले पूर्णता दिएन । शिक्षा र दीक्षाहरुबीच अन्तरक्रिया गरिएन । परिणामतः हामी यो कि त्योमा पस्यौं । यसो हुँदा हामीले विद्यार्थीलाई के मा लाने ? कला क्षेत्रमा ? व्यवसायमा ? प्राविधिकमा ? हाम्रो बुद्धि यतिमै घुमिरह्यो । त्यसोगर्दा हामीले कला क्षेत्रमा बेरोजगारी देख्यौं । व्यावसायमा असमान । प्रविधिमा महँगी । किनकि कला पढ्ने पढाउनेले त्यसलाई नगदमा बदल्न जानेनौं । सिकाएनौं । व्यवसायका धनी दलित र जनजातीका ज्ञान र सीपलाई सम्मान गरेनौं । सीपका धनीलाई बेवास्ता ग¥यौं । हेप्यौं । यो स्थितिले गर्दा हामीलाई पछि धकेल्यो । कल्पना गर्ने गराउने शैक्षणिक कला हामीले जगाएनौं । भित्र्याएनौं । यो स्थितिमा एक्काइसौं शताब्दीले खोज्ने नवीनता हो – कला (liberal art) का विषयवस्तुमा कल्पनाशीलता (Immaginative skill) जोड्ने । परम्परागत व्यावसायिक विषयमा उद्यमशीलता एवं प्राज्ञिक तागन थप्ने । प्राविधिक विषयमा कल्पनाशीलता जोड्ने । कल्पनाशीलतामा सन्दर्भ जोड्ने । यस्ता जोड्ने जोडाउने बुद्धिले एक्काइसौं शताब्दीको शिक्षा सदैव आधुनिक बन्छ । अनि कल्पनाशीलतालाई साझा बनाउनाले कलाका विषयहरुमा नवीन सोच आउँछ । व्यावसाय र प्रविधिमा पनि कल्पनाले प्रवेश पाउनासाथ अनुसन्धान शिक्षाको अभिन्न अंग बन्छ । विद्यार्थी, शिक्षक, अभिभावक एकैसाथ अनुसन्धाता बन्दछ । परिणामतः दीक्षाहरुको पनि नवीनता पाइरहन्छ कला जोड्दाको नवीनता । कला छोड्दाको नवीनता । प्रविधिमा र व्यावसायमा पनि सोही कुरा लागू हुन्छ । यसो गर्नाले कडा सीप, नरम सीप र कल्पनाशील सीप एकसाथ अगाडि आउँछन् । कडा सीपले गर्न लगाउँछ । नरम सीपले तयार बनाउँछ । कल्पनाशील सीपले नवीन बन्ने ऊर्जा दिइरहन्छ ।
शिक्षणमा नवीनता
हामी किताब पढाउनेहरु हौं । मात्रामा धेरथोर छौं । एक्काइसौं शताब्दीले पढ्नेहरु खोज्यो । उपनिषदीय शब्दमा स्वाध्यायी । सन्यासोपनिषदको शब्दमा आफूलाई पढ्ने । आफूमै पढ्ने । विषद् ढंगमा भन्दा आफूमा पञ्च भौतिक वस्तुदेखे ती वस्तुहरु पढ्ने । कोष (sheeth) देखे अन्नमयदेखि आनन्दमयसम्म पढ्ने । तरंग (Wave) देखे तरंग शरीर पढ्ने । ज्योति देखे ज्योतिर्मय शरीर (astral body) पढ्ने । वातावरणको उपज हौं भने वातावरण पढ्ने । शरीरसँग हुने वातावरणको सम्बन्ध पढ्ने । मनोमय हो भने मनोविज्ञान पढ्ने । विज्ञानमय भए प्रक्रिया पढ्ने । शरीर बनोटको प्रक्रिया । जन्मको प्रक्रिया । मृत्युको प्रक्रिया । अर्को शब्दमा भन्ने हो भने पढ्न प्रोत्साहित गर्ने पढाइको थालनी गर्ने । ग्रामीण दैन्दिनीको शब्दमा जे छोयो त्यही पढ्ने । माटो छोए माटोको गहिराइ बुझ्ने । त्यसको प्रकार । रसायन (Chemistry)। उत्पादन । सम्भाव्य उत्पादनका वस्तुहरु ।
विषय सिकाउने अहिलेको बुद्धि हो । विषयहरु जोड्ने र खोज्ने एक्काइसौं शताब्दीको बुद्धि हुन्छ । गाई हेर्न जाँदा के के सिक्यौं ? वातावरणबारे । चराचुरुङ्गीबारे । जंगली जनावरबारे । दुग्ध उत्पादनबारे । विद्यार्थीका यस्तो अनुभूतिबाट कक्षा सञ्चालन गर्ने । यसरी सञ्चालित कक्षाको अन्त्यमा फलानो किताबको यी पेजहरु पढ भन्ने । फलानो स्रोत किताब पढ भन्ने । आफ्नो अनुभूतिको किताब बनाऊ भन्ने । अनुभूतिलाई स्रोत किताबका कुरासँग भिडाउ भन्ने । स्थानीय तहमैं पाठयक्रम एवं पाठयपुस्तक बनाउ भन्ने । यसरी शिक्षणलाई सिकाइमा बदल्ने एक्काइसौं सताब्दीको शिक्षणकला हो । यो नवीन कलाले शिक्षकको भूमिका बदलिन्छ । विद्यार्थीको सुन्ने भूमिका बदलिन्छ । गर्ने विद्यार्थी बन्छन् । परिणामतः उनीहरुले शिक्षकलाई अद्यावधिक गर्छन् । राजनीति र शिक्षा जोडेर । शिक्षा र समाज जोडेर । बिदेशिने र स्वदेशमैं बस्नेको वुद्धि जोडेर । राम्रा वुद्धिहरुको वर्णसकर बनाएर । लैगिक, भाषिक, अपांगता, यौनिक, दलित तथा अन्य खाले विविधताबाट सिकेर । सिकाएर । अर्थात् स्वदेश तथा विदेशमा काम लाग्ने जनशक्ति बनाएर ।
व्यवस्थापनमा नवीनता
हिजोका व्यवस्थापनहरु दर्शनमा चले । लामो व्यवस्थापन (Tall management) । होचो व्यवस्थापन (Flat) मा जाने । मायोको मानव सम्बन्धको सिद्धान्त लागु गर्ने । हार्विसनको मानव स्रोतको सिद्धान्त अपनाउने । फ्रेरेको सहभागितामूलक विधि प्रयोग गर्ने । यी बुद्धिहरुले व्यवस्थापनलाई जडसूत्री बनायो । त्यसैले यी कुराहरु त्याज्य हुँदै गए । यस स्थितिमा एक्काइसौ शताब्दीको व्यवस्थापन हो कहाँबाट के सिक्ने ? के जोड्ने ? कसरी सिर्जनशील हुने ?

दक्ष मानव स्रोत खोज्ने हिजोको बुद्धि हो । दक्षहरुको तलाउ (Expert pool) बनाउने यस शताब्दीको चिन्तन हो । अर्थात् व्यक्तिको सट्टा दक्षहरुको तलाउबाट सेवा लिने । हिजो कार्यलयपिच्छे दक्षहरु हुन्थे । भोलि दशवीस कार्यालय र घरमा सेवा दिने दक्षहरुकै कार्यालय हुन्छ । कार्यालयमा दक्ष व्यवस्थापक पद रहन्छ । विद्यालय शब्दावलीमा भन्दा दश विद्यालयको एउटा प्रयोगशाला । एउटा आर्थिक कारवार शाखा । एउटा विज्ञान शिक्षक । यसरी एक्काइसौ शताब्दीको मानव, साधन, आर्थिक श्रोत र सोचहरुको परिचालन हुन्छ । गर्नुपर्छ । यही क्रममा निश्चित क्षेत्रमा विज्ञता जन्मन्छ । वितरित हुन्छ । श्रोतमा विज्ञता । सोचमा विज्ञता । अर्थमा विज्ञता । व्यवस्थापनमा विज्ञता ।
व्यवस्थापनको परिपाटी हेर्दा देखिन्छ कि भोलिका विद्यालयहरु हिजोका जस्ता हुन्नन् । त्यहाँ होटेलको सुविधा हुन्छ । प्रविधिको सिको हुन्छ । कृषिको तरीका हुन्छ । अर्थात् जहाँबाट जे जोड्न सकिन्छ त्यही अनुहारको विद्यालय हुन्छ । व्यवस्थापन हुन्छ । होटेलको जस्तो सेवा । कृषि क्षेत्रको जस्तो काम । उद्योगको जस्तो व्यवसाय । शिक्षाको जस्तो वहु विषयक प्रशिक्षक । प्रयोगशालाको जस्तो विद्यार्थीको निरन्तरता । यसरी हेर्दा भोलिका विद्यालय खेतमा चल्न सक्छन् । होटेलमा चल्न सक्छन् । घर घरमा चल्छ सक्छन् । ट्यूशन कक्षाको रुपमा चल्न सक्छन् । बस्तीको घनत्व अनुसार ठूला र साना स्कूल बन्न सक्छन् । आवासीय एवं गैर आवासीय सरकारी स्कूल बन्न सक्छन् । अर्थात् अहिलेको चार्टर एकाण्टेण्ट पढाउने पद्धतिको व्यवस्थापन एक्काइसौ शताब्दीको नियति हुन्छ ।
पाठ्यक्रममा नवीनता
संसार पाठ्यपुस्तकबाट पाठ्यक्रममा जाँदैछ । पाठ्यक्रमबाट शिक्षक निर्दे्शिकामा । अरु देश पहिलो कोटीमा छन् । फिनलैण्ड दोश्रो कोटीमा गइसक्यो । यो क्रममा हिड्दा भोलिको नेपालले विद्यार्थीको रुचीमा हिड्नु पर्ने हुन्छ । रुचीहरु संकलन गर्ने निर्दे्शिका बन्नुपर्छ । संडकलित निर्दे्शिकाबाट पाठ्यक्रम जन्माउनु पर्छ । पाठ्यक्रमको आधारमा अनिवार्य रुपमा पढ्नै पर्ने किताब र श्रोत सामग्री तथा वेभसाइट भन्नु पर्ने हुन्छ । यही क्रममा पाठ्यक्रममा नवीनता सुनिश्चित हुन्छ । स्थानीय र अन्तराष्ट्रिय कुरा जोड्ने पाठ्यक्रम (Glocalized curriculum)। ग्रामीण पाठ्यक्रम । शहरी पाठ्यक्रम । व्यक्तिगत पाठ्यक्रम । समूहगत पाठ्यक्रम । क्षेत्रीय पाठ्यक्रम । प्रत्येक पाठ्यक्रमबाट आफूले चाहेको कुरा विद्यार्थीले पढ्ने व्यवस्था । यो व्यवस्था एक्काइसौ शताब्दीको शिक्षाले खोज्छ । त्यसमा नेपाल पनि घस्रनु पर्ने हुन्छ ।
पाठ्यपुस्तकमा नवीनता
विज्ञले पाठ्यपुस्तक लेख्यौं । शिक्षकले लेख्यौं । विद्यार्थीले लेख्यौं । अनपढले चाहिँ मौखिक पाठ्यपुस्तक बनायौ । यी अहिलेका अभ्यास हुन् । २ वटा कोर्स टिभीवाट पढ्ने । तीनवटा रेडियोबाट । चारवटा अनलाइनबाट । एउटा फेस टु फेसबाट । ३ वटा अनुभूतिवाट । अनुभवबाट । यसरी बन्ने पाठ्यपुस्तकमा विद्यार्थीले सुन्ने किताब खोज्छ । लेख्ने किताब खोज्छ । अजमाउने किताब खोज्छ । अनुभूति गर्ने पुस्तक (Virtual book) खोज्छ । यसरी हेर्दा एक्काइसौ शताब्दीको पुस्तक कम्प्युटरमा हुन्छ । रेडियोमा हुन्छ ।
भोजराज काफ्लेको अध्ययन (शिक्षक पत्रिका २०६०जेठ) ले पनि यही कुराको सन्देश दिन्छ । अर्थात् रेडियो सुन्नेको राम्रो शैक्षिक गुणस्तर । टी भी हेर्नेको गुणस्तर । यस्ता शोधहरुले पनि हामीलाई त्यतै धकेल्छ । बढ्दो प्रविधिको प्रयोग र घट्दो पढ्ने रहरले पनि त्यतै उन्मुख गराउँछ ।
नीतिमा नवीनता
संस्कारले हामीलाई केन्द्रभिमुखी बनायो । राजनीतिले त्यसैलाई निरन्तरता दियो । जोन गाल्टुग (peace and conflict studies center सन् २०१३) को शब्दावलीमा केन्द्र मोटो हुने संस्कार जीवन्त बन्यो । शिक्षालयमा पनि यो स्वीकार्य छ । अन्यत्र पनि रह्यो । यो कारणले गर्दा हाम्रा रहरहरु कार्यान्वयन भएनन् । विकेन्द्रीकरणका रहर । यस स्थितिमा हाम्रो यथार्थ रह्यो आफ्ना केन्द्रविन्दुहरुलाई संयोजन गर्नु । हालसम्मका हाम्रा केन्द्रविन्दुहरु जात जातीय हुन् । धार्मिक हुन् । नेपाली मुस्लिमी व्यवहार तय गर्न भारतीय धर्मगुरु चाहिने । बरेलीको गुरु । लखनौको गुरु । पञ्जावको गुरु । नेपाली हिन्दुको पनि त्यही दशा हो । चारै पीठका शंकराचार्यको स्वीकृति । यस अर्थमा इसाइको पोपको स्वीकृति जस्तो । अर्को शब्दमा भन्दा स्थानीय सरकारले जात जाती र धर्मका केन्द्रविन्दुहरुको संयोजन गर्ने नीति । शिक्षालाई उनीहरुकै एजेण्डा बनाउने नीति । स्कूल खोल्नेमा । कलेज बनाउनेमा । भाषा नीति तय गर्नेमा । विद्यार्थी भर्ना गर्नेमा । पढ्ने पढाउने विषय तोक्नेमा । परीक्षा प्रणाली तय गर्नेमा । शिक्षक तालिमको पढ्ने पढाउने विषय तोक्नेमा । परीक्षा प्रणाली तय गर्नेमा । शिक्षक तालिमका् प्रवन्ध गर्नेमा । यो नवीनताले छरिएका हाम्रा परंपरागत केन्द्रहरुको संयोजन गर्छ । गाउँ तहमा संयोजन । नगर तहमा संयोजन । जिल्ला तहमा संयोजन । अर्थात् गाउँ गाउँमा आ आफ्ना जात जातीका मजलिस हुन्छन् । ती मजलिसहरुलाई तिनकै नेताले परिचालन गर्छन् । तर गाउँ सरकार धुरी हुन्छ । यसो गर्दा अहिलेका जातजातीय घुरीहरु एकत्रित हुन्छन् । तिनैलाई जिम्मेवार बनाउने सोच बन्छ । निरक्षरता उन्मुलनका लागि जिम्मेवार । लैगिक समताका लागि जिम्मेवार । उच्च शिक्षाका लागि जिम्मेवार । तर परंपरागत मजलिस नहुनेहरुको जिम्मा सरकारले लिन्छ । यो एक्काइसौ शताब्दीको नयाँ प्रयोग हुन्छ । जात जाती, धर्म र क्षेत्रमा बाडिएको टुक्रे नेपाललाई सरकारले संयोजन गर्न थाल्छ । उहिलेको शासन गर्ने बुद्धि बदलिन्छ । मानवशास्त्रीय बुद्धिले निरन्तरता पाउँछ । नौलो प्रयोग हुन्छ । अमेरिकी प्रान्तको जिम्मा मजलिसहरुले लिन्छन् । चीनको काउटीको जिम्मा तिनैले लिन्छन् ।
निजी र सरकारी स्कूलमा नवीनता
उदार अर्थतन्त्र र व्यक्तिगत स्वतन्त्रताले निजी मौलायो । अहिले निजीका स्कूल, कलेज र विश्विद्यालय छन् । हुन्छन् । वेभरको भनाइ सापट लिँदा निजीहरुले नेपाली संस्कारको इज्जत खोज्ने बुद्धि भजाए । बढ्दो आर्थिक खाडलको उपयोग गरे । खस्किदो सरकारी स्कूलको कमजोरीको फाइदा लिए । शहरिया महत्वांकाक्षी अभिभावकको चाहनामा खेती गरे । परिणामतः निजी शिक्षालयले राजनीतिक स्वीकृति पायो । तर पनि अहिले निजीहरु छाडा छन् । अव्यवस्थित छन् । यसैले सरकारले दुइवटा प्रयास गरेको छ । न्यूनतम आचार संहितामा बाँध्ने । निजी र सरकारी साझेदारीमा लगाउँने । यी दुवै प्रयासहरु देखौवा सावित भएका छन् । अर्थात् सरकारी आचार संहितालाई निजीले संस्थागत एवं व्यक्तिगत रुपमै लत्याए । साझेदारीमा गएका स्कूलहरुमा निजीकै वर्चस्व स्थापित गर्नेमा निरन्तरता दिए । यस स्थितिमा एक्काइसौ शताब्दीले निजीको भरपुर दोहन गर्नुपर्छ । गर्छ । निजीलाई सरकारी अंगको रुपमा दुर्गम र पिछडिएको समुदायमा पठाइए । लगानी सरकारको व्यवस्थापन निजीको गरेर । शहरी क्षेत्रका नचलेका विद्यालय संरचना निजीलाई दिएर । निजी निजीको सहकार्यमा कर्पोरेट डिजाइन लागु गरेर । सरकारी र निजीको समान साझेदारीको कार्यान्वयन गरेर । सरकारी तथा सरकारीले सहकार्य गरेर । अर्थात् विद्यार्थी, शिक्षक, सुविधा आदिको आदान प्रदान गरेर । निजीलाई सीप विकास शिक्षालयको रुपमा विकसित गरेर । तिनलाई जापानीले जस्तो कमजोर विद्यार्थीलाई सरकारी स्कूलको समकक्षी बनाउँने संस्था बनाएर । चीनको जस्तो देशलाई चाहिने मेधावी विद्यार्थी उत्पादन केन्द्र बनाएर । हाम्रै आवश्यकतामा मिल्ने गरी सामुदायिक सेवागर्ने शिक्षणसंस्थाको रुपमा विकसित गरेर । निजी र सरकारी शिक्षालयलाई एक अर्काका पूरक (Complementary) संस्था बनाएर ।
व्यावसायिकतामा नवीनता
व्यवसाय सीप हो कि सोच हो ? नरम सीप हो कि गरम सीप हो । कल्पनशीलता हो कि उत्पादन विग्रेड हो ? विश्वमा भएका बुद्धिहरु यिनै धुरीमा घुमेका छन् । यो किताकाटको बुद्धिले सीपमा नवीनता ल्याएन । पढ्न नसक्नेले सीप सिक्ने भन्ने परंपरागत मान्यताले गर्दा यसमा चारित्रिक सोपान (Character ladder) बनेन । प्राज्ञिक मान्यता जोडिएन । परिणामतः हामीले रीत थाम्यौ । हाम्रा रीतलाई एक्काइसौ शताब्दीले अस्वीकार ग¥यो । हर्दम पैसा जाने (Moniya culture) । संस्कारले सीपको गुणगान गरिरह्यो । इज्जत खोज्ने सामाजिक मान्यताले प्राविधिज्ञ विशेषज्ञ भन्ने चाहना बाँचिरह्यो । ड्राइभर सानो ठान्ने । पाइलट ठूलो ठान्ने बुद्धिले निरन्तरता पाइरह्यो । दुवै चालक हुन् भन्ने चिन्तनले ठाउँ पाएन । यस स्थितिमा एक्काइसौ शताब्दीको शिक्षाले प्रत्येक कुरामा व्यावसायिकता खोज्छ । जे पढ्छ त्यसलाई कसरी बेच्ने भन्ने बुद्धि ल्याउँछ । जे बेच्छ त्यसलाई कसरी पढ्ने भन्ने दृष्टिकोण खोज्छ । यस्तो खोजाइले विषयगत भिन्नता हराउँछ । प्रत्येक पढाइलाई व्यावसायिक बनाउने उपाय पहिल्याउँछ । शिक्षकलाई सोधेर । बजारको शोध गरेर । साथीहरुबीच छलफल गरेर । इन्टरनेटमा खोजेर । आफैमा प्रत्याभूति गरे । यस्ले गर्नाले दिइएका विषयभन्दा वाहिर खोज्ने बुद्धि बन्छ । परंपरामा आधुनिकता जोड्ने विनिर्माणवादी सोच बन्छ । कल्पनातीत व्यावसायिकताको खेती गर्ने मानसिकता बन्छ । समय सुहाउँदो व्यावसायिकता । विद्यालयले सहकार्य गरेर । निजीले केन्द्र खोलेर । विद्यार्थीले उद्यमीकरण गरेर । शिक्षक र विद्यार्थीको सहकारी खोलेर । अभिभावकको लगानी जोडेर । सरकारको अनुदान थपेर ।
मूल्यांकनमा नवीनता
जानेको मूल्यांकन गर्ने ? जाने नजानेको कुरामा मूल्यांकन गर्ने ? औषत मापो (Norm) बाट मूल्यांकन गर्ने ? विद्यार्थीको क्षमताबाट मूल्यांकन गर्ने ? अन्तराष्ट्रिय स्तरबाट मूल्यांकन गर्ने ? यस्ता अनेकन आधारहरु छन् । कुन आधारको पछि लाग्ने ? प्रश्न त्यही हो । स्कूलको आधारमा ? समुदायको अपेक्षामा ? पाठ्यक्रमको अपेक्षामा ? विद्यार्थीको क्षमतामा ? वा अन्य कुनै कुरामा ? अथवा सबैको एकीकृत आधारमा ? बस्तुस्थिति हेर्दा बुझिन्छ कि समाज व्यक्तिगत बन्दै गयो । उपनिषदीय शब्द अहं ब्रह्मस्मिको अनर्थमा बुझ्ने खाले । समाज देखाउँने बस्तु बन्यो । भोजमा प्रदर्शन गर्ने बस्तु । भाषामा जम्मा गर्ने बस्तु । अर्थात् यसको अन्तरंग बदलियो । किनकि समाजको काम बजारले गर्यो । सरकारले गर्यो । पैसा सर्वोपरिमान्ने संस्कार गर्यो । यो स्थितिमा व्यक्तिको मूल्यांकन सर्वोपरि बन्यो । अर्थात् एक्काइसौ शताब्दीले सबैलाई एकाम्मे पार्ने मूल्यांकन खोजेन । फलानोको गणितमा यो दक्षता छ । विज्ञानमा यो छ ।साहितयमा यो छ । कलामा यो छ भन्ने खालको मूल्यांकन खोज्यो । एक्काइसौ शताब्दीको मूल्यांकनले अंकन खोजेन । क्षमता देखिने मूल्यांकन खोज्यो । त्यसैले अबको मूल्यांकनमा कक्षा १ देखि उच्च शिक्षा सम्मको विषयगत संचित क्षमता (Commulative subject specific ability) देखिनु पर्छ । यो क्षमता छ भन्ने आधारमा व्यक्ति स्वयंले त्यसलाई तिखारिरहन्छ । तालिम चाहिन्न । किनकि विर्सने डर भएन । प्रमाणपत्रले व्यक्तिलाई संझाइरहने भयो । यस अर्थमा अहिलेको वायोडाटा जस्तो ।
उद्देश्यमा नवीनता
अहिले शिक्षाको राष्ट्रिय उद्देश्य छ । कक्षागत उद्देश्य छ । विषयगत उद्देश्य छ । यसले संकेत गर्छ कि पढ्नेहरु राष्ट्रका लागि हौं । कक्षाका लागि हौं । विषयका लागि हौं । तर आफ्ना लागि हैनौ । यस स्थितिमा एक्काइसौ शताब्दीको गन्तव्य हो विद्यार्थीको व्यक्तिगत उद्देश्य जान्ने । डर्भिटोग्लाफिक्सले यो उद्देश्य चिन्न चिनाउन मद्दत गर्छ । पूर्वीय चिन्तनमा प्रारव्धले । निर्माणवादी (ऋयलकतचगअतष्खष्कष्तक) को सोचकासन्दर्भमा जन्मेको ज्ञानले । यो ज्ञानले शिक्षणको स्वरुप बदलिन्छ । कृत ज्ञानीलाई पढ्न प्रेरित गरेर । स्मृत ज्ञानीलाई सनातनी चिन्तन खोज्न लगाएर । विनिर्गत ज्ञानीलाई स्वानुभूतिमा आबद्ध गराए । अर्थात् व्यक्तिकै ज्ञानश्रोत (भ्उष्कतझययिनथ) सँग जोडेर, जोडिन लगाएर ।
कार्यनीतिमा नवीवनता
विद्यार्थी घरमा छ । हामी स्कूलमा बोलाउँछौ । प्रविधि घरमा छ । हामी स्कूलमा देखाउँछौं । सामग्रीमा र माथि विद्यार्थी छ । हामी कक्षाकोठामा देखाउँछौ । सबैको आ आफ्नो अनुभूति छ । हामी आफ्नै अनुभूति बाड्छौ । सबैको आ आफ्नो ज्ञानश्रोत छ । हामी हाम्रो ज्ञानश्रोतमा (Epistemology) विश्वास गर्न अभिप्रेरित गर्छौ । मूल्य र मान्यता (Axiology) लाद्छौं । प्रक्रिया (Oxtology) मा फसाउँछौ । हाम्रै मनो सामाजिक ब्रहमाण्ड (उकथअजय कयअष्ब िअयकmययिनथ) कै वकालत गर्छौ । यो स्थितिमा एक्काइसौ शताब्दीको कार्यनीतिले सिक्ने व्यक्तिको ज्ञानश्रोत, मूल्य मान्यता, प्रक्रिया र मनो सामाजिक ब्रहमण्डको खोजी गर्छ । गर्नुपर्छ । त्यही खोजी सुहाउँदो शैक्षिक प्रबन्ध गर्नुपर्छ । विद्यालयमा । क्याम्पसमा । घरमा । समुदायमा ।
राष्ट्रनिर्माणमा नवीनता
अंग्रेजीमा दुईशब्द छन् । पहिलो राष्ट्रियता निर्माण (nation building)  । दोश्रो राष्ट्रनिर्माण (nation building) । पहिलोले मूल्य र मान्यताको कुरा गर्छ । निर्माण र पुनर्निमाणको कुरा गर्छ । हिजोका उपनिवेशवादीले बोलेका कुरा आफ्ना देशवाशीसंग गर्छ । अहिलेको उदारवादी राजनीतिज्ञले भन्ने कुरा भन्छ । लोकतन्त्र । आधुनिकीकरण । राजनीतिक सचेतना । संवादी शान्ति । सहअस्तित्व । सहभागिता । समावेशीपना । सशक्तिकरण । सहकार्य । दोश्रोले पूर्वाधार निर्माणको कुरा गर्छ । ठूला सडकको । गगनचुम्वी भवनको । पार्कको । भोलिको शिक्षाले दुवै कुरामा ध्यान दिनु पर्छ । सडक बनाउदा जनसहकार्य । गगनचुम्वी भवन बनाउदा जन सरोकार । यसरी भोलिको शिक्षाले राष्टियता निर्माण र राष्ट निर्माणको कुरालाई एकसाथ जोडछ । दुवैमा एकसाथ संवेदनशील हुन्छ । पढाइबाट । भोगाइबाट ।
निचोड
यो लेखमा अनेकन् ठम्याइहरु छन् । मेरो ठम्याइमा पहिलो चिनोड हो एक्काइसौ शताब्दी समय होइन । सोच हो । वेद गैर शताब्दीको हो । त्यसको चिन्तन शयौँशताब्दीसम्म बाचेको छ । बाच्छ । पुरातनलाई काम लाग्ने भएर । आधुनिक र अत्याधुनिकलाई सोच्न वाध्य गरेर । दोश्रो निचोड हो हाम्रा शैक्षिक प्रयासमा बहु शताब्दीहरु छन् । पाठ्यक्रम निर्माणमा । पाठ्यपुस्तक लेखनमा । उद्देश्य निर्धारणमा । शिक्षण सिकाइमा । यस्ता सोचगत सिकाइहरुलाई जोडनु पर्छ । त्यो जोडाइले फाटिएका बुद्धिहरु मिल्छन् । दुईवा धेरै बुद्धिहरु मिलेर वर्णसंकर (Hybridized) बुद्धि बन्छन् । ओमी भाभाको शब्दमा गाली गर्नेलाई पनि काम लाग्ने । गाली गरिनेलाई पनि काम लाग्ने । विकासे मकैजस्तो । मकै विकासे आयो । बीउ उत्पादन कार्य पूजीपतिकोमा पुग्यो । उ धनी भयो । उत्पादन धेरै भयो । गरिबको पेट भरियो । वातावरणमा नवीन क्षमताको खोजी भयो । तेश्रो निचोड हो प्रविधि र शिक्षाको वीच दह्रिलो नाता कायम गर्नुपर्छ । मेलबाट इमेलमा । स्थिर कम्प्युटरवाट मोवाइलमा । अक्षरवाट संकेतमा । संकेतबाट अक्षरमा । चौथो निचोड हो न्यायिक समावेशी बन्नु एक्काइसौं शताव्दीको आवश्यकता हो । यसका लागि भाषिक सहअस्तित्व खोज्नु पर्छ । वैचारिक सहअस्तित्व चाहिन्छ । अर्थात् प्रतिस्थापन (Replace) गर्ने बुद्धिको अन्त्य गर्नुपर्छ । पाँचौ निचोड हो सिर्जनाहरुको खेती गर्नुपर्छ । अहिलेको वितरणमुखी शिक्षक, शिक्षण, पाठ्यक्रम, पाठ्यपुस्तकलाई हल्लिन र हल्लाउँन जान्नु पर्छ । छैठौ निचोड हो समालोचक र कल्पनातीत विद्यार्थीलाई उकेरा लाउनुपर्छ । अर्थात् वस्तुलाई विविध पाटोवाट हेर्ने हेराउँने शिक्षणकला भित्र्याउनु पर्छ । विषयगत अनुसन्धानात्मक प्रक्रिया (Subjective research  approach) । यसो गर्दा विषयगत र वस्तुगत जानकारी हुन्छ । गराउनु पर्छ । कल्पनातीत बुद्धिलाई निरन्तरता दिनुपर्छ । सपना देख रोजगारी कहाँ छ ? सपना देख पैसा कहाँ छ ? सपना देश बुद्धि कहाँ छ ? भन्ने प्रश्नको उत्तर खोजाउँनु पर्छ । सौरभले भनेझैं (कान्तिपुर दैनिक २०७० जेष्ठ) पहिचान खोज्ने जनजातिले बोन धर्म विर्सदा पहिचान भयो त ? भनी खोज्ने सोच बन्नु पर्छ । धर्म बदल्ने व्यक्तिले पहिचानको आडम्बर गर्न मिल्छ र भनी सोच्नु पर्छ । कमसेकम ऐतिहासिक पहिचान । आठौ निचोड हो हामीले औषतबाट सोच्यौ । अबको सोचाइले व्यक्तिबाट सोचेर औषतमा पुग्नु पर्छ । अथवा निश्चित समूहको औषत बुद्धि बनाउँने प्रक्रियामा लाग्नु पर्छ । एक्काइसौ शताब्दीको शिक्षा यस्तै निचोडमा आधारित हुनुपर्छ ।