अन्तराष्ट्रिय कन्डम दिवसमा ४० देशमा कन्सर्ट

3041
views

नगरकोट, २९ माघ । अन्तराष्ट्रिय कण्डम दिवसको अवसर पारेर फागुन १ गते अर्थात् फेब्रुअरी १३ तारिखका दिन विश्वका झण्डै ४० देशमा म्युजिक कन्सर्ट गरिने भएको छ ।

एड्स हेल्थकेयर फाउण्डेशनले गर्ने आर्थिक सहयोगमा विश्वका ४० देशमा एकै दिन हुने म्युजिक कन्सर्टमध्ये नेपालमा ‘सुरुवात’ नामक संस्थाले पनि भक्तपुरमा कन्सर्ट गने भएको छ ।

उक्त कन्सर्ट भक्तपुर दरबार क्षेत्रस्थित पद्म माध्यमिकविद्यालय परिसरमा हुने संस्थाले जानकारी दिएको छ । चर्चित पपगायक एड्रिन प्रधानको विशेष म्युजिक कन्सर्ट गर्ने भएको हो ।

संस्थाका अध्यक्ष राजेन्द्र पुरीले असुरक्षित शारीरिक सम्बन्ध राख्ने कारण युवामा एचआइभी संक्रमण बढेकाले कण्डमको प्रयोग गर्ने बानी विकास गर्न सांगीतिक कार्यक्रममार्फत जनचेतना फैलाउन लागिएको जानकारी दिए ।

संस्थाका निर्देशक राजेश दिदियाले एड्रिन प्रधानको कन्सर्टसँगै भक्तपुरको टौमढीदेखि दरबार क्षेत्रसम्म कण्डम ¥यालीको सेमत आयोजना गर्न लागिएको छ ।

एएचएफ नेपालको आर्थिक सहयोग र राष्ट्रिय एचआइभी एड्स महासंघ नेपाल (एनएपिएन) को राष्ट्रिय सञ्जालअन्तर्गत उक्त म्युजिक कन्सर्ट हुने निर्देशक दिदियाले जानकारी दिए ।